स्थानीय तह पुनर्संरचनाबारे ताप्लेजुङमा दलका प्रतिनिधिबीच छलफल , ६ पालिकाको कुरा उठ्यो

रेडियो ताप्लेजुङ
भाद्र ४ गते । स्थानीय तह पुनर्संरचनाको विषयमा विहिबार ताप्लेजुङमा विभिन्न दलका सरोकारवालाहरूबीच छलफल भएको छ। जिल्ला समन्वय समितिको सभाहलमामा सम्पन्न बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
वडा र पालिकाहरूलाई पुनःसंरचना गर्ने विषयमा आधारभूत छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का तर्फबाट प्रतिनिधिको रूपमा सहभागी जिल्ला सचिव लीलाराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार छलफलमा सहभागी दलका प्रतिनिधिहरू मध्ये केहीले पुनर्संरचना गर्ने विषय अघि बढ्नु नहुने मत राखेका थिए। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,जनता समाजवादी पार्टी लगायतका संघीयताको पक्षमा वकालत गर्ने दलका प्रतिनिधिले वडा तथा पालिका यथावत रहनुपर्ने मत राखेका थिए।
सत्तारुढ रास्वपा लगायत,नेकपा एमाले, नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी लगायतको भने करिब समान धारणा बनेको पौडेलले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभएको छ। उहाँका अनुसार विभिन्न वडाहरूलाई पालिका केन्द्रसम्मको पहुँचलाई ध्यान राख्दै सहजताका लागि टुक्र्याउनुपर्ने विषयमा छलफल चलेको थियो । पालिकाको विषयमा भने ताप्लेजुङमा ६ वटा पालिका हुनुपर्ने विषयमा रास्वपा,कांग्रेस ,एमाले,नेकपालगायतका प्रतिनिधिहरूबीच समान धारणा बनेको थियो । ताप्लेजुङमा ६ वटा स्थानीय तह रहेमा तीनवटा भने नगरपालिका हुनेगरी प्रारम्भिक छलफल भएको थियो।
यद्यपि अझै गहन र कानुनी विषयहरू अध्ययन गरेर थप छलफल बस्नेगरी आजको बैठक स्थगन भएको विभिन्न दलका प्रतिनिधिहरूले बताएका छन्।
२०७३ मा बनाइएको संरचनाले करिब एक दशक काम गरिसकेको र अब आगामी स्थानीय तह निर्वाचनअघि पालिका तथा वडाको संख्या, सीमा, केन्द्र र स्वरूप पुनरावलोकन गर्नुपर्ने बहस केन्द्रीय स्तरबाटै चल्न थालेको छ ।

श्रम सस्कृतिले भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने
रेडियो ताप्लेजुङ , असार २८ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेश सभाको

श्रम संस्कृति पार्टीका अध्यक्ष साङपाङको सम्बोधन आज ताप्लेजुङमा
रेडियो ताप्लेजुङ अषाढ २८ गते।श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साङपाङ ताप्लेजुङ आईपुग्नुभएको छ । ‘नागरिकसँग भेटघाट र हातेमालो
..jpeg)
दुई फरक भूमिकामा देखिए ताप्लेजुङका सांसद,सरकारलाई गाली गर्न नभई हिसाब माग्न उभिएको हुँ:सांसद थेबे
रेडियो ताप्लेजुङ अषाढ २५ गते । ताप्लेजुङबाट निर्वाचित दुई सांसद बिहिबार प्रतिनिधिसभाको दुई फरक भूमिकामा देखिएका छन्। प्रत्यक्ष तर्फबाट निर्वाचित

..jpeg)





प्रतिकृया दिनुहोस