ताजा खबर

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

SITENAME

रेडियो ताप्लेजुङ

भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

 

नियमभन्दा बढी शुल्क लिएको जनगुनासो बढेकाले मङ्गलबार पालिकाले त्यसतर्फ आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपालको संविधान २०७२ को धारा ३१,अनिवार्य शिक्षासम्बन्धी ऐन २०७५ ,नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशको गत २०८३ साल अषाढ ३२ गतेको पत्रानुसार गर्न भनिएको छ। 

सो नियम अनुसार ट्रान्सक्रिप्ट, टीएमपीलगायत तोकिएका प्रमाणपत्रहरूमा विद्यालयहरूले विद्यार्थीबाट १५०० मात्र लिन पाउने व्यवस्था रहेको छ। 

सोही अनुरूप १५०० भन्दा बढी नलिन पालिकाले पालिका भरिका माविहरूलाई आग्रह गरेको छ।

 

यदि विद्यालय/परीक्षा कार्यालयले बढी रकम मागेमा रसिदसहित राष्ट्रिय परीक्षा बोर्डमा उजुरी गर्न सकिन्छ। बोर्डले छानबिन गरेर बढी लिएको रकम फिर्ता गराउने र सम्बन्धित कर्मचारी/संस्थामाथि विभागीय वा अन्य आवश्यक कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग

रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला

SITENAME

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ   असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

SITENAME

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते  फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि