फुङफुङ्गे सामुदायिक क्षेत्रमा सरसफाई साथै वृक्षरोपण गरि मनाईयो सामुदायिक वन दिवस
..jpeg)
प्रिशा बस्नेत , साउन २५ गते ।
मिक्वाखोला गाउँपालिकामा आज फुङफुङ्गे सामुदायिक क्षेत्रमा सरसफाई साथै वृक्षरोपण गरि सामुदायिक वन दिवस २०८३ मनाईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मिक्वाखोला गाउँपालिका समितिको संयोजन तथा मिक्वाखोला गाउँपालिकाको सहकार्यमा विभिन्न प्रजातिका करिब ६ सय बिरुवाहरु रोपण गरिएको छ ।
हरेक वर्षको श्रावण २५ गतेका दिन मनाईने यो दिवस विभिन्न कार्यक्रमको आयोजना गरि विगतका वर्षहरु देखिनै मनाउदै आईरहेको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका कोषाध्यक्ष घनेन्द्र थापाले जानकारि दिनुभयो । थापाका अनुसार दिवसकै अवसर पारेर फुङफुङ्गे झरना आसपासको पदमार्ग पनि सरसफाई गरिएको छ ।
सरसफाई तथा वृक्षरोपण कार्यक्रममा विरदल गणका सेनानि हरि बहादुर क्षेत्रिको नेतृत्वमा जलविद्युत क्षेत्रमा खटिएका सुरक्षाकर्मि , पालिकाका कर्मचारि , मुदायिक वन उपभोक्ता महासंघका पदाधिकारि साथै सदस्यहरु , अपर मेवाखोला ए जलविद्युत र मध्य मेवा जलविद्युत आयोजनाका कर्मचारि , स्थानिय बासिन्दा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको कोषाध्यक्ष थापाले जानकारि दिनु भयो ।
.jpeg)
राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग
रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला

फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ
रेडियो ताप्लेजुङ असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय
..jpeg)
दशौँ राष्ट्रिय खेलकुद ताप्लेजुङ जिल्ला छनोट असोज २६, २७ र २८ गते
किरण गदाइली असोज १८ गते । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङ जिल्ला खेलाडी

.jpeg)

..jpeg)
..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस