ताजा खबर

आज देखि परम्परागत सांस्कृतिक नाच लाखे नाच सुरु 

SITENAME


प्रिशा बस्नेत , साउन २६ गते ।
ताप्लेजुङको फुङ्लिङ बजारमा आज देखि परम्परागत सांस्कृतिक नाच गठेमंगल पर्व अर्थात् घण्टाकर्ण लाखे नाचको सुरुवात भएको छ । साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेषगरी ताप्लेजुङ सहित देशका विभिन्न ठाउँमा आजबाट यो पर्व मनाउ सुरु गरिएको छ  । अहिले फुङ्लिङ ४ भिन्तुना डाडाँमा रहेको नेपाल भाषा तथा सास्कृतिक समाजको भवनमा कार्यक्रमको सुभारम्भ भएको छ । आजबाट सुरु गरिएको यो पर्व दिनहु जसो सदरमुकाममा लाखेनाच प्रर्दशन गरि मनाउने चलन छ ।  स्थानीय मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको लाखे नाच यस वर्ष पनि फुङ्लिङ बजारमा सुरु गरिएको हो ।

नाचमा स्थानीय संस्कृति झल्काउने विभिन्न भेषभूषा, बाजागाजा र नृत्य प्रस्तुत गरिने गर्दछ । नाखे नाच ताप्लेजुङको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा भएकाले यसको संरक्षणमा स्थानीय समुदाय तथा नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको  नेपाल भाषा तथा सास्कृतिक समाज ताप्लेजुङका अध्यक्ष संकर श्रेष्ठले बताउनु भयो । आजका दिन भूतप्रेत पन्छाउने भन्दै नर्कटलाई छवाली, सिस्नो, नाङ्लो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

राप्रपाद्वारा दोभान अग्नि पीडितलाई ५१ हजार नगद सहयोग

रेडियो ताप्लेजुङ असोज १८ गते । गत असोज ८ गते दिउँसो भएको आगलागीबाट पीडित ताप्लेजुङका दोभानवासीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला

SITENAME

फुटबल, भलिबल र हाफ म्याराथन प्रतियोगिताले खेलकुदमय बन्दै खेवाङ

रेडियो ताप्लेजुङ असोज १८ गते । सिरिजङ्घा गाउँपालिकाको खेवाङमा हुने खेवाङ खेलकुद महोत्सव २०८३ मा हाफ म्याराथन, क्लबस्तरीय पुरुष फुटबल तथा वडास्तरीय

SITENAME

दशौँ राष्ट्रिय खेलकुद ताप्लेजुङ जिल्ला छनोट असोज २६, २७ र २८ गते

किरण गदाइली असोज १८ गते । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङ जिल्ला खेलाडी