ताजा खबर

ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय शुभारम्भ

SITENAME

किरण गदाइली
ताप्लेजुङ, भदौ ५ गते । सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा इलाका प्रशासन कार्यालयको शुभारम्भ भएको छ।

शुक्रबार विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा पालिकाको केन्द्र तेल्लोकमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

इलाका प्रशासन कार्यालय स्थापना भएसँगै अब जिल्लाका पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाका नागरिकले विभिन्न प्रशासनिक कामका लागि सदरमुकाम फुङ्लिङ धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले अथक प्रयासपछि नागरिकलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउन सफल भएको बताउनुभयो। यस ऐतिहासिक कार्यका लागि सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै चौहानले हाल नागरिकतासम्बन्धी सेवा प्रारम्भ भएको र राष्ट्रिय परिचयपत्रलगायतका सम्पूर्ण प्रशासनिक सेवाहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, सिरिजङ्घाको केन्द्रमा नापी, मालपोतलगायतका सेवासमेत ल्याउन आगामी दिनमा पहल गर्ने उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दाहालले इलाका प्रशासन कार्यालय स्थापना हुनु जिल्लाको पूर्वी क्षेत्रका नागरिकका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यसको प्रभावकारी उपयोग गर्नुपर्ने बताउनुभयो।

इलाका प्रशासन कार्यालय विशेषगरी जिल्ला प्रशासन कार्यालयको पहुँचबाट टाढा रहेका क्षेत्रमा सरकारी प्रशासनिक सेवा जनताको नजिक पुर्‍याउने उद्देश्यले स्थापना गरिन्छ। यसको मुख्य उद्देश्य प्रशासनिक सेवाको विकेन्द्रीकरण गर्दै नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउनु हो।

प्रतिकृया दिनुहोस
SITENAME

गरिमा चौधरीको न्यायका लागि ताप्लेजुङमा प्रदर्शन

किरण गदाइली ताप्लेजुङ भाद्र ६ गते । बाराकी तीनवर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि विभत्स हत्या भएको घटनाको विरोधमा ताप्लेजुङमा महिलाहरूले

SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले