ताजा खबर

आयोजकलाई हराउँदै जर्जियन एफसी भारत पहिलो सेमिफाइनलमा

SITENAME

किरण गदाइली 

ताप्लेजुङ, भदौ १२ गते । आयोजक ‘ताप्लेजुङ ११’ लाई हराउँदै ‘जर्जियन फुटबल क्लब’ कालिम्पुङ, भारत ‘चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन खेलअन्तर्गत पहिलो क्वार्टरफाइनलमा जर्जियनले आयोजक ताप्लेजुङ ११ विरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो।

दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५०औँ मिनेटमा जर्जियनका कप्तान गुञ्जमान थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

त्यसको पाँच मिनेटपछि पुनः गुञ्जमानले पेनाल्टीमार्फत गोल गर्दै जर्जियनको अग्रता २–० मा पुर्‍याए। पेनाल्टी एरियामा ताप्लेजुङ ११ का सुनियोजित यक्सोले कप्तान थापामाथि फाउल गरेपछि जर्जियनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै गुञ्जमानले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

६६औँ मिनेटमा ताप्लेजुङका दिपेश लिम्बुले एक गोल फर्काए पनि टोलीको जितका लागि भने पर्याप्त हुन सकेन।

आयोजकविरुद्ध २–१ को सुखद नतिजा निकाल्दै जर्जियन प्रतियोगिताको पहिलो सेमिफाइनलमा पुग्ने टोली बनेको छ।

खेलमा दुई गोल गरेका जर्जियनका कप्तान गुञ्जमान थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेल शनिबार चितलाङ एफसी र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ।

लाखेजात्रा पर्वको अवसरमा ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको प्रतियोगितामा भारतको एकसहित आठ टोलीको सहभागिता रहेको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु

रेडियो ताप्लेजुङ भाद्र ८ गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि  'क्यूआर  पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा

SITENAME

‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन’ भाद्र २५ गते,सिदिङ्वाको कार्यपालिका बैठक तिम्बुङ पोखरी क्षेत्रमा बस्ने

किरण गदाइली ताप्लेजुङ, भाद्र ८ गते । ‘तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता’ यस वर्ष भाद्र २५ गते हुने भएको छ। ट्रेल रनसहित दुर्लभ औषधीय

SITENAME

श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण

किरण गदाइली ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण