ताजा खबर

१२ जिल्लाका प्रतियोगीलाई पछि पार्दै ताप्लेजुङका भट्टराई वक्तृत्वकलामा प्रथम

SITENAME

रेडियो ताप्लेजुङ
ताप्लेजुङ, असोज  २ गते । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेस्थित कुम्भकर्ण आधारभूत विद्यालयका रफिक भट्टराई कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन्।

विद्यालयका प्रधानाध्यापक दिवस कार्कीका अनुसार कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ‘नेपालको संविधान र संघीयता कार्यान्वयन’ विषयमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शुक्रबार  प्रदेशभरिका १२ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै भट्टराई प्रथम भएका हुन्।

भट्टराई कुम्भकर्ण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्। संविधान दिवसका अवसरमा उनलाई नगद २० हजार रुपैयाँसहित प्रदेश सरकारले सम्मान गर्ने प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो।

१२ वर्षीय भट्टराईले स्नातक तहसम्म अध्ययन गरेका प्रतिस्पर्धीसमेत सहभागी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको भन्दै प्रधानाध्यापक कार्कीले विद्यालयका लागि यो गौरवको विषय भएको बताउनुभयो।

उहाँका अनुसार भट्टराईको यो सफलता केवल पदक वा प्रमाणपत्रमा सीमित नभई ताप्लेजुङको स्वाभिमान र गौरवलाई नयाँ उचाइमा पुर्‍याउने उपलब्धि हो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको

SITENAME

ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने

रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५

SITENAME

चौथो ताप्लेजुङ गोल्डकपको खर्च साढे ९३ लाख बढी, झन्डै ३५ प्रतिशत रकम उठ्न बाँकी

रेडियो ताप्लेजुङ असोज ३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गत भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो