ताजा खबर

पाथीभरा याङवरकमा छारे रोगसम्बन्धी निःशुल्क शिविर हुने

SITENAME

रेडियो ताप्लेजुङ
असोज २गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा छारे रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिका र नेपाल छारेरोग सङ्घ, काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो।

आगामी असोज १० गते शनिबार थेचम्बू स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएकाले गाउँपालिकाले सम्बन्धित सबैलाई शिविरबाट लाभ लिन आह्वान गरेको छ।

शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिने बताइएको छ। शिविरमा सहभागी हुन फोनमार्फत नै नाम टिपाउन सकिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ।

छारे रोग मस्तिष्कमा हुने एक न्युरोलोजिकल रोग हो। मस्तिष्कका स्नायु कोषिकामा अचानक असामान्य विद्युतीय गतिविधि हुँदा पटक–पटक दौरा आउने अवस्था नै छारे रोग हो।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

१४ वर्षअघि फरार भएकासहित ताप्लेजुङ प्रहरीद्वारा ६ प्रतिवादी पक्राउ

किरण गदाइली असोज ५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो  दिनमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत ताप्लेजुङ र जिल्ला

SITENAME

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको

SITENAME

ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने

रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५