मेरिङ्देनका सबै वडामा खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम हुँदै

रेडियो ताप्लेजुङ
असोज २गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पशुमा लाग्ने खोरेत रोगविरुद्ध पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। असोज ८ गतेदेखि २० गतेसम्म गाउँपालिकाका ६वटै वडामा खोप कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विदुर अधिकारीले जानकारी दिनुभयो।
खोप कार्यक्रमअन्तर्गत पशुपालक कृषकको घरगोठमै पुगेर पशु स्वास्थ्यकर्मीले खोप लगाउने भएकाले आफूले पालेका गाई, भैँसी, भेडा, बाख्रा, सुँगुरलगायत पशुलाई अनिवार्य रूपमा खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ।
कोशी प्रदेश सरकारको घोषित खोरेत रोग नियन्त्रण कार्यक्रमअन्तर्गत उक्त खोप कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार असोज ८ गतेदेखि १० गतेसम्म वडा नम्बर ६ नाल्बुमा, ११ र १२ गते वडा नम्बर ५ थुकिमामा, १३ र १४ गते वडा नम्बर ४ लिङ्तेपमा, १५ र १६ गते वडा नम्बर ३ खाम्लुङमा र १७ र १८ गते वडा नम्बर १ थिङ्लाबुमा खोप कार्यक्रम सञ्चालन हुनेछ।
खोरेत रोगका कारण किसानको पशुधन तथा उत्पादनमा हुने क्षति न्यूनीकरण गर्दै कोशी प्रदेशलाई क्रमशः खोरेतमुक्त बनाउने तथा पशुजन्य उत्पादनको बजार र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले खोरेत रोग नियन्त्रण कार्यक्रम लागू गरेको हो
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द
रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको
..jpeg)
ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने
रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५
..jpeg)
चौथो ताप्लेजुङ गोल्डकपको खर्च साढे ९३ लाख बढी, झन्डै ३५ प्रतिशत रकम उठ्न बाँकी
रेडियो ताप्लेजुङ असोज ३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गत भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो


..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस