१४ वर्षअघि फरार भएकासहित ताप्लेजुङ प्रहरीद्वारा ६ प्रतिवादी पक्राउ

किरण गदाइली
असोज ५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो दिनमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत ताप्लेजुङ र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट विभिन्न मितिमा भएको फैसलाबमोजिम विभिन्न कसुरमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई असोज २, ४ र ५ गते पक्राउ गरिएको हो।
१४ वर्षअघि फैसला भएर फरार रहेका अभियुक्तसमेत पक्राउ गरिएको प्रहरी निरीक्षक विद्यालाल कुमार शाहले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक शाहका अनुसार अभद्र व्यवहार कसुरमा कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका मिक्वाखोला गाउँपालिका–२ का भक्तबहादुर शेर्पालाई पक्राउ गरिएको छ। शेर्पाविरुद्ध २०६९ साल चैत २९ गते फैसला भएको थियो।
त्यस्तै, २०६९ साल असोज २८ गते हातहतियार तथा खरखजाना मुद्दामा कैद तथा ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका पदम आङबुहाङ लिम्बूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय पक्राउ गरिएकामध्ये डाँका मुद्दाका तीन जना फरार प्रतिवादी रहेका छन्। गत जेठ १३ गते १० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ओमन रसाइली कामी, मेरिङदेन गाउँपालिका–६ नाल्बुका फुर्वा साङ्गे शेर्पा र मेरिङदेन गाउँपालिका–५ थुकिमाका पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, चोरी मुद्दामा २०८२ साल मंसिर १५ गते एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका नाम र वतन नखुलेका एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत र प्रशासन कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द
रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको
..jpeg)
ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने
रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५
..jpeg)
चौथो ताप्लेजुङ गोल्डकपको खर्च साढे ९३ लाख बढी, झन्डै ३५ प्रतिशत रकम उठ्न बाँकी
रेडियो ताप्लेजुङ असोज ३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गत भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो



..jpeg)
..jpeg)


प्रतिकृया दिनुहोस