ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि सहकारी सङ्घ ताप्लेजुङ र सहकारीकर्मीहरूद्वारा ७८ हजार बढी सहयोग

SITENAME

रेडियो ताप्लेजुङ

असोज   ५ गते ।जिल्ला सहकारी सङ्घ लिमिटेड, ताप्लेजुङले भोटेकोशी बाढीबाट प्रभावितका लागि ७८ हजार २६५ रुपैयाँ ‘प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोष’मा जम्मा गरिदिएको छ।

सङ्घका जिल्ला अध्यक्ष टामन सिग्देलका अनुसार उक्त कोषमा संस्था र संस्थामा आबद्ध सहकारीकर्मीहरूबाट समेत एकमुष्ट रूपमा रकम जम्मा गरिएको हो।

जसअन्तर्गत ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेड, फुङ्लिङ–५ ले २५ हजार रुपैयाँ, न्यू कञ्चनजङ्घा कृषि सहकारी संस्था लिमिटेड, फुङ्लिङ–५ ले १० हजार १०५ रुपैयाँ, तमोर महिला कृषि सहकारी संस्था लिमिटेड, फुङ्लिङ–४ ले १० हजार १०५ रुपैयाँ, कञ्चनजङ्घा बहुमुखी सामुदायिक सहकारी संस्था लिमिटेड, फुङ्लिङ–४ ले १० हजार रुपैयाँ, आधारभूत बहुउद्देश्य सहकारी संस्था लिमिटेड, फुङ्लिङ–४ ले ५ हजार ५५ रुपैयाँ र शुभलाभ बहुउद्देश्य सहकारी संस्था लिमिटेड, फुङ्लिङ–५ ले ५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

सहकारीकर्मीहरूको तर्फबाट सङ्घका अध्यक्ष सिग्देलले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै, ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सचिव तेजबहादुर भट्टराई, कोषाध्यक्ष खड्गबहादुर मोक्तान, लेखा संयोजक तारा बराल र सदस्य बलबहादुर ओख्राबुले जनही २ हजार रुपैयाँका दरले ८ हजार रुपैयाँ सहयोग गर्नुभएको बताइएको छ।

भोटेकोशी बाढीको घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घले राहत तथा उद्धारमा सक्दो सहयोग गर्न सम्पूर्णमा आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस
SITENAME

१४ वर्षअघि फरार भएकासहित ताप्लेजुङ प्रहरीद्वारा ६ प्रतिवादी पक्राउ

किरण गदाइली असोज ५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो  दिनमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत ताप्लेजुङ र जिल्ला

SITENAME

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द

रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको

SITENAME

ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने

रेडियो ताप्लेजुङ असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५