ताजा खबर

फुङ्लिङमा जारी निःशुल्क आँखा शिविरको दोस्रो दिन ८० जनाको शल्यक्रिया

SITENAME

रेडियो ताप्लेजुङ

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शनिबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरको दोस्रो दिन आज ८० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ।

डिचेन डोङ्गाला स्मारक आँखा उपचार केन्द्रको प्राङ्गणमा सञ्चालित शिविरमा आज ३९८ जनाको आँखाको परीक्षण गरिएको आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ। परीक्षण गरिएकामध्ये १८९ जना पुरुष र २०९ जना महिला रहेका छन्।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, रुइत फाउन्डेसन काठमाडौँ, फुङ्लिङ नगरपालिका र लायन्स क्लब अफ काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चालन भइरहेको छ।

शिविरमा विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, अमेरिकी नेत्ररोग विशेषज्ञ डा. जियात विलियम, डा. रुइतका छोरा डा. सागर रुइतलगायतले सेवा प्रदान गरिरहनुभएको छ।

शिविर मङ्गलबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङमा जारी निःशुल्क आँखा शिविरको दोस्रो दिन ८० जनाको शल्यक्रिया

रेडियो ताप्लेजुङ मङ्सिर ६ गते ।  फुङ्लिङमा शनिबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरको दोस्रो दिन आज ८० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको

SITENAME

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

रेडियो ताप्लेजुङ मङ्सिर ६ गते । फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित अलैँची कप फुटबल प्रतियोगिताको उपाधि मरिक

SITENAME

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

रेडियो ताप्लेजुङ मङ्सिर ६ गते । फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित अलैँची कप फुटबल प्रतियोगिताको उपाधि मरिक