टिपतलामा भारी हिमपातले रिउमै रोकिए आफन्त भेट्न गएका नेपाली

रेडियो ताप्लेजुङ
मङ्सिर ७ गते । नेपाल–चीनको सिमावर्ती क्षेत्र टिपताला भन्ज्याङको हिउँ पन्छाउन नसक्दा चीनको डिङजे काउन्टी पुगेका ७ जना नेपाली फर्कन पाएका छैनन् ।
चीनले एक्स्काभेटर मेसिनलगायतको प्रविधिबाट कतिपय स्थानको हिउँ पन्छाए पनि सीमा क्षेत्रकै हिउँ भने पन्छाएको छैन । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार नेपालतर्फको हिउँ पन्छाउन मेसिन छैन । उपकरण बिना यो क्षेत्रको हिउँ हटाएर बाटो खुलाउने सम्भावना पनि कम भएको उनले बताए । ‘हिउँले बाटो बन्द भएपछि हाम्रा ७ जना उतै रिउँतिरै बसिरहेका छन्,’ छेतेनले भने, ‘पछिल्ला दिनमा मज्जाले घाम लागेकाले हिउँ कम होला र फर्काउन सकिएला भन्ने लागेको छ ।’
वडा कार्यालयका अनुसार ल्हामु शेर्पा, लोप्साङ शेर्पासहित ५ महिला र २ पुरुष रिउमा छन् । उनीहरु याङमाका हुन् । कात्तिक ९ मा उनीहरु आफन्त भेट्न रिउ गएका थिए। त्यहाँ पुगे लगत्तैदेखि हिउँ पर्न थालेको हो । कात्तिक अन्तिम साता हिमपात बढेपछि बाटो संचालनमा ल्याउनै कठिन भएको छेतेनले बताए ।
सामानयतया चीन जाँदा एक साताको समय लिएर जाने गरिएको छ । तर उनीहरु त्यहाँ पुगेपछि परेको हिउँ छिचोल्न सक्ने अवस्था नभएकाले उतै रोकिएका छन् । ‘रिउमा आफन्त छन् त्यतै बसेका छन्,’ छेतेनले भने, ‘बस्ने सुविधा त्यहाँको सरकारले निःशुल्क दिएको छ ।’
दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट फुटबलमा छानिए नवीन र आकाश
रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि कोशी प्रदेशको फुटबल टिममा ताप्लेजुङका दुई खेलाडी छानिएका छन् । गोल किपर

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट फुटबलमा छानिए नवीन र आकाश
रेडियो ताप्लेजुङ मङ्सिर ७ गते । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि कोशी प्रदेशको फुटबल टिममा ताप्लेजुङका दुई खेलाडी छानिएका छन् । गोल किपर
..jpeg)
फुङ्लिङमा जारी निःशुल्क आँखा शिविरको दोस्रो दिन ८० जनाको शल्यक्रिया
रेडियो ताप्लेजुङ ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शनिबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरको दोस्रो दिन आज ८० जना बिरामीको आँखाको शल्यक्रिया गरिएको


..jpeg)

..jpeg)

..jpeg)

प्रतिकृया दिनुहोस