दशौँ राष्ट्रिय खेलकुदमा ताप्लेजुङबाट बुद्धिचालमा छनोट भए सेम सुब्बा

रेडियो ताप्लेजुङ
मङ्सिर ९ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालको कोशी प्रदेश छनोटमा ताप्लेजुङका सेम सुब्बा छनोट भएका छन्। जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष चन्द्र थेबेका अनुसार बुधबार सुनसरीको इनरुवामा भएको प्रतियोगिताको फाइनल जित्दै सुब्बा सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदका लागि कोशीबाट छनौट भएका हुन्।
त्यस्तै ताप्लेजुङकी महिला खेलाडी रूपा गुरुङले महिलातर्फको बुद्धिचालमा वैकल्पिक रूपमा स्थान बनाएकी छन्। थेबेका अनुसार बिहिबार ताप्लेजुङले कुस्ती विधामा प्रतिस्पर्धा गर्दैछ। उक्त खेल समेत इनरुवामा हुने तय भएको थेबेले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो ।
कोशी प्रदेशबाट विभिन्न बिनामा उत्कृष्ट ठहरिएका खेलाडीले प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नेछन् ।
..jpeg)
साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल
..jpeg)
मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै
रेडियो ताप्लेजुङ मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ। शिक्षा शाखा अधिकृत (सातौँ)
..jpeg)
धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध
रेडियो ताप्लेजुङ मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा



..jpeg)


..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस