मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ।
शिक्षा शाखा अधिकृत (सातौँ) खगेन्द्र कुमालका अनुसार गाउँपालिकाले चार जना प्रशिक्षक नियुक्त गर्न लागेको हो।
पालिकाका अनुसार भलिबल, कराते, तेक्वान्दो र उसु विधाका लागि प्रशिक्षक नियुक्त गरिनेछ। यसपटक सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि आवश्यक प्रशिक्षकको पदपूर्ति गर्नुपर्ने भएकाले पालिकाले सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
नियुक्त हुने प्रशिक्षकहरूले तीन महिनासम्म करार सेवामा रहेर काम गर्नुपर्नेछ। सम्बन्धित खेल विधामा प्रशिक्षणको अनुभव भएकाले आवेदन दिन सक्ने बताइएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ
..jpeg)
धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध
रेडियो ताप्लेजुङ मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा

कोशी प्रदेश छनोटमा ताप्लेजुङ महिला फुटबल टिमले पाँचथर र धनकुटा बीचको विजेतासँग खेल्ने
रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा महिला फुटबलतर्फ ताप्लेजुङले मङ्सिर ७ गते म्याच

कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक
किरण गदाइली ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस