ताजा खबर

जाडोमा दमको जोखिम

RadioTaplajung

जाडोमा दमको जोखिम
मंसिर ११ गते ।  नेपालमा दमका बिरामीको संख्या बढ्दो छ । तुलनात्मक रूपमा जाडो मौसममा दमका बिरामी अत्यधिक बढिरहेका छन् । दम धेरै प्रकारका हुन्छन् । सामान्य भाषामा दम भन्नाले सास फेर्न गाह्रो हुनु हो ।
कुनै एउटा रोगको संक्रमणले श्वास–प्रश्वासमा कठिनाइ उत्पन्न भइरहेको हुन्छ । दमको रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ ।

नेपालमा वातावरणीय प्रदूषणका कारण दमका बिरामी बढिरहेका छन् । प्रायस्जसो क्रोनिक ब्रोन्काइटिस भएर दम हुन्छ । मानिसमा ‘क्रोनिक ब्रोन्काइटिस’ प्रायस् चुरोट खाने, धुवाँ तथा बाह्य प्रदूषित वातावरणमा काम गर्नेलाई लाग्छ । क्षयरोग तथा बाल्यकालमा छातीको संक्रमण भएका व्यक्तिलाई भविष्यमा दम हुने सम्भावना अत्यधिक बढी हुन्छ ।

मानिसको फोक्सोमा विभिन्न रोग लागेको हुन्छ, त्यस्ता रोगका कारण सुरुमा खोकी लाग्ने, खकार आउने र भविष्यमा गएर दम हुने गर्छ । मुुटुका बिरामीलाई पनि श्वास फेर्न गाह्रो हुने गर्छ । गर्भवती महिलाले चुरोट खाए जन्मने बच्चालाई दम हुने सम्भावना धेरै हुन्छ ।

दमका लक्षण
श्वास फेर्न गाह्रो हुनु, खोक्दा खकार निस्कनु, खोकी लाग्नु दमका लक्षण हुन् । बिरामीलाई तलमाथि, उकाली–ओराली गर्दा श्वास बढेर आउँछ । दम भएका बिरामीलाई छातीमा दुख्छ र खोक्दा खकारमा रगतसमेत देखापर्छ ।

बिरामीमा क्रोनिक ब्रोन्काइटिस छ भने फोक्सोमा रगत देखापर्छ । मानिसमा क्षयरोग भए पनि फोक्सोमा संक्रमण भई मुखबाट रगत आउने गर्छ । खकारमा रगत देखिए तुरुन्त डाक्टर समक्ष परामर्श गर्नुपर्छ । कुनै क्यान्सर तथा सानातिना ट्युमरका कारण पनि खोक्दा रगत आउँछ ।

दमको कारण कहिलेकाहीं बिरामीलाई छाती कस्सिए जस्तो अथवा केही कुराले थिचेजस्तो महसुस हुने, लामो सास फाल्न र लिन खोज्दा गाह्रो महसुस हुने गर्छ । तर यो के–कति कारणले भइरहेको छ भन्ने पत्ता लगाउन शरीर जाँच गर्नुपर्छ ।

उपचार विधि
के–कति कारणले श्वास–प्रश्वासमा अवरोध आएको हो, कुन रोगको कारणले हो भन्ने यकिन गर्नुपर्छ र सोही अनुसार रोगको उपचार गर्नुपर्छ । दम रोग लागेका बिरामीले औषधि खाएपछि बानी पर्छ भन्ने गलत धारणा छ ।

दमका औषधिहरू नियमित सेवन गरे बिरामीलाई सजिलो हुने गर्छ । दम भएको शंका लागे तुरुन्त डाक्टर समक्ष परामर्श लिनुपर्छ । कुनै व्यक्तिलाई वंशानुगत कारणले दम छ भने पूर्णरूपमा निको नहुन पनि सक्छ ।

रोकथामका उपाय
चिसोबाट बच्नुपर्छ । जाडो समयमा दमले बढी सताउने हुनाले आफू बस्ने घर र कोठालाई न्यानो बनाउने र लुगा पनि न्यानो लगाउने गर्नुपर्छ । दम छाती रोगका कारण हुने गर्छ । बाल्यकालमा छातीमा संक्रमण देखियो भने पूर्ण औषधि–उपचार गराउनुपर्छ ।

दम हुने मानिस दाउराको चुलो, धूवाँ र धूलोबाट टाढा रहनुपर्छ । बाहिरी वातावरणको धुलो नलागोस् भनेर माक्स लगाएर हिँडडुल गर्नुपर्छ । चुरोट खानु हुँदैन । चुरोट खाने मानिसको वरिपरि बस्यो भने त्यसबाट आउने धूवाँले फोक्सोमा संक्रमण गर्न सक्छ । फोक्सोलाई जहिले पनि स्वस्थ राख्नसके दम रोगबाट बच्न सकिन्छ ।

दम तथा छातीरोग विशेषज्ञ लेखक नर्भिक अस्पतालमा कार्यरत छन् । ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई