ताजा खबर

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

RadioTaplajung


प्रिशा बस्नेत ,
ताप्लेजुङ , फाल्गुन २९ गते ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक पाइला नेपाल र फक्ताङलुङ गाउँपालिकाको आयोजनामा हुन लागेको शिविर चैत्र १ गते ३ दिनसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा सबै प्रकृतिको परीक्षण, उपचार र सेवा दिइने आयोजक संस्थाले जनाएको छ । एक एक पाइला नेपाल सम्पुर्ण सामग्रि सहित हिजोनै तापेथोक पुगि सम्पुर्ण तयारि गरि सकेको छ । गाउँपालिका र वडा–वडा सँग समन्वय गरेर सञ्चालन गर्न लागिएको उक्त शिविरका लागि यस अघि नै त्यस क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीले गाउँ–गाउँमा गएर बिरामीको पहिचान गरेको र शिविरमा एक्सरे, ल्याब र सामान्य सल्यक्रिया सहितको सेवा दिने गाउँपालिकाले जनाएको छ । तापेथोकमा आयोजना हुने शिविरमा २५ सय बढीलाई सेवा दिने लक्ष राखिए बताईएको छ । उक्त शिविरका लागि ७ लाख बढीको औषधी र उपकरण पालिका आईपुगेको छ । सो क्षेत्रका बिरामीको सबै समस्यालाई गम्भिर ढंगबाट अध्ययन गरी उपचार गर्ने र जटिल बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा समेत लगेर उपचार गर्ने लक्ष आयोजकले राखेको छ । एक एक पाइला नेपालले मुलुकका दुर्गम–दुर्गम ठाउँमा पुगेर स्वास्थ्यको सहज पहुँच नभएका नागरिकको निशुल्क उपचार गर्दै आएको छ । यस अघि पश्चिमका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको र पूर्वमानै पहिलो पटक ताप्लेजुङमा यो सेवा दिन लागेको बताइएको छ । शिविरमा सबै रोगका साथै आँखा सहित नाक, कान, घाँटीको पनि परिक्षण र उपचार हुने छ । शिविरका लागि ल्याब, र एक्सरे मेसिन पनि आईसकेको पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले

RadioTaplajung

पर्यटन कार्यालयद्धारा ताप्लेजुङका  होमस्टे सञ्चालकसँग अन्तरक्रिया 

  किरण गदाईली             ताप्लेजुङ,फाल्गुण,८ गते । पर्यटन कार्यालय काँकडभिट्टा झापाले ताप्लेजुङमा पर्यटन प्रवद्धनका  लागि