ताजा खबर

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश

RadioTaplajung

तालिबानको धम्कीपछि लिटिल मेसीुको परिवारले छोडे देश
 मंसिर २१ गते ।  तालिबानको चेतावनीका कारण अफगानिस्तानी लिटिल मेसीको परिवार फेरि देश छोड्नु परेको छ । आतंकवादी संघठन तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि देश छोडेका छन् । सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सोसियल मिडियामा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए ।

भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण उनीहरु आफ्नो गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुनसक्ने अवस्था आएको बताए । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केहि समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भए । जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए ।

त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल