ताजा खबर

नेकपामा दुर्इ अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि चुलियो, चार शीर्ष नेताद्वारा बैठक बहिष्कार

RadioTaplajung

नेकपामा दुर्इ अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि चुलियो, चार शीर्ष नेताद्वारा बैठक बहिष्कार
मंसिर २३ गते । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ। पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक वरिष्ठ चार नेताले नै शनिबार बहिष्कार गरेका छन्। दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै नौ सदस्यीय सचिवालयका चार जना बैठकमा सहभागी भएनन्। बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतम छन्।

चार सदस्यले बैठक छाडेर हिंडेपछि पार्टीका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापाको बैठक बसेको थियो।

नेकपामा सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमा मात्र केन्द्रित गरेको र पार्टी अन्तरिम विधानअनुसार पार्टीका नियमित बैठक नबोलाएकोमा केही समयदेखि स्थायी र केन्द्रीय समिति सदस्यसमेत असन्तुष्ट थिए। यसअघि २१ केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए।

शीर्ष तहमा चुलिँदै गएको असन्तुष्टि शनिबारको बैठकमा प्रकट भएको हो। ‘झण्डै आधा घण्टा हामीले बैठकका लागि कुर्‍यौं, उहाँहरू ९दुई अध्यक्ष० आउँदै आउनुभएन’, वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसाग भने, ‘त्यसपछि बैठक होइन रहेछ भन्ने ठानेर उपस्थित चार जनाले सामूहिक निर्णय गरेर बाहिरियौं।’

बैठकका लागि शनिबार सबैभन्दा पहिले वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए। दुई अध्यक्ष र महासचिव पौडेल त्यसअघि नै बालुवाटारमा थिए। नेपाल बालुवाटार पुगेपछि महासचिव पौडेलले दुई अध्यक्ष अर्को कार्यकक्षमा २ बजेदेखि नै बैठकका एजेन्डामा केन्द्रित रहेर परामर्शमा रहेको जानकारी गराएका थिए। त्यसपछि पौडेल बैठकमा प्रस्तुत गर्ने केही विषय प्रिन्ट गर्नुपर्ने भन्दै नेपाल बसेको कोठबाट बाहिरिएका थिए।

त्यसपछि क्रमशः खनाल, गौतम र श्रेष्ठ बालुवाटार पुगेका थिए। उनीहरूलाई सचिवालय बैठक दिउँसो ३ बजे बस्ने जानकारी गराइएको थियो। निर्धारित समयमै बालुवाटार छिरेका उनीहरू साढे तीनसम्म अध्यक्ष र महासचिव नआएपछि र कुनै खबर समेत नपाएपछि बैठक छोडेर बाहिरिने विषयमा छलफल गरेका थिए।

चारजनाबीचको छलफलपछि प्रवक्ता श्रेष्ठले समय पालनासम्बन्धी पूर्वनिर्णय पालना नभएकाले आफू बैठक छाडेर हिंडेको मेसेज दुई अध्यक्षलाई पठाएर निस्केका थिए। श्रेष्ठ हिंडेको केही समयमै अन्य तीन नेता पनि बैठक कक्षबाट बाहिरिए। ‘बैठक भनेर बोलाइयो, यहाँ आएर हामीलाई लामै समय कुराइयो। अपमान महसुस भएपछि हामी हिड्यौं,’ गौतमले सञ्चारकर्मीसँग भने।

नेकपामा पार्टी एकताको लामो समयसम्म पनि तल्लो तहमा एकीकरणले पूर्णता पाउन सकेको छैन। मंसिर ७ यता निरन्तर सचिवालय बैठक बसेर संगठनात्मक कामको प्रस्ताव टुंगो लगाउने, स्थायी समिति बैठक बोलाई निर्णय लिने र सरकारको समीक्षा गर्ने कार्यसूची तय भएको थियो।

१२ मंसिरयता सचिवालयकै बैठक पनि प्रभावित हँुदै आएको थियो। शुक्रबार पनि सचिवालयको बैठक भनी नेताहरूलाई बालुवाटार बोलाएर अन्तिम समयमा स्थगित गरिएको थियो।

‘सचिवालयको बैठक भनी बोलाइएको समयमै बालुवाटार पुगियो, १५÷२० मिनेट कुरियो। बैठक सुरु भएन। बैठक के कारणले ढिला हुन्छ भन्ने खबर पनि आएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसअगाडि समय पालना सम्बन्धमा पार्टीले निर्णय गरेको थियो। त्यसको स्मरण गराउन र पार्टीलाई पद्धतिमा सञ्चालन गर्ने कुरामा सचेत गराउन हामीले बैठक छाडेका हौं।’

नेकपा सचिवालयले साउन पहिलो साता समय पालनासम्बन्धी एजेन्डा बनाएर निर्णय गरेको थियो। अध्यक्षद्वय व्यस्त भए बैठक बस्नुअघि नै सदस्यहरूलाई अनिवार्य जानकारी दिनुपर्ने, नभए बैठकको निर्धारित समय भन्दा बढीमा १५ मिनेटभित्र बैठक सञ्चालन गर्नुपर्ने सचिवालयको निर्णय छ। शनिबार चार नेताले बैठक बहिष्कार गर्दा त्यही निर्णयलाई आधार बनाएका थिए।

दुई अध्यक्ष बैठकमा निर्धारित समयभन्दा धेरै ढिलो गरेपछि समय पालनासम्बन्धी निर्णय भएको थियो। ‘यसअगाडि पनि बेलाबेला यही प्रवृत्ति देखिएपछि हामीले बारम्बार ध्यानाकर्षण गराउँदै आएका थियौं। निर्णय गरेपछि लागू गर्नुपर्छ। अझ यो निर्णय गर्नुपर्ने विषय पनि होइन,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीलाई पद्धतिमा लैजानुपर्‍यो। कहिलेकाहीं ढिला हुन सक्छ। त्यसबेला खबर गर्दा एक घण्टा पनि कुर्न सकिएला। सधैं बैठक ढिलो गर्नु त भएन नि। समयको पूर्ण पालना नभएकाले अलिक कठोर बनेका हौं।’

महासचिव विष्णु पौडेलले भने नेताहरूले बैठक बहिष्कार गरेको घटनाबाट आफूहरू अचम्भित भएको प्रतिक्रिया दिए। ‘अध्यक्षद्वय पूर्वसांसद तथा क्यान्सर बिरामी नेता मणि खम्बुसँगको छलफलमा हुनुहुन्थ्यो, केही समय ढिला त्यही कारणले भएको हो। तर उहाँहरू किन हिंड्नुभयो रु हामी अचम्भित भएका छौं,’ पौडेलले भने।

चार नेताले बैठक बहिष्कार गरेर हिंडेपछि बसेको अन्य पाँच नेताको सचिवालय बैठकले लामो समयपछि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। ‘सचिवालयले मंसिर २९ गते स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाउने निर्णय गरेको छ,’ महासचिव पौडेलले भने।

नेकपा स्थायी समिति बैठक २१ असारयता बसेको छैन। कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक पाँचौ पटक स्थगित भएपछि अनिश्चित बनेको थियो। अध्यक्ष ओली प्रधानमन्त्री भएयता उनको सरकारी निवास बालुवाटारमै नेकपाका बैठक बस्ने गरेका थिए। प्रधानमन्त्री निवासमा पार्टी बैठक बोलाएकोमा पनि नेकपाको आलोचना हँुदै आएको छ। २९ कात्तिकको स्थायी समिति बैठक भने उसले पार्टी कार्यालयमा डाकेको छ।-अन्नपुर्ण

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्