ताजा खबर

रंगपुरविरुद्धको खेलमा सन्दीपले लिए महत्वपूर्ण एक विकेट

RadioTaplajung

 माघ ३ गते । बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा रंगपुरविरुद्धको खेलमा सन्दीप लामिछानेले आज एक विकेट लिएका छन् ।

तीन ओभरसम्म विकेटविहीन बनेका सन्दीपले चौथो ओभरमा बेनी हवेललाई आउट गरेका हुन् ।

१७ ओभरको पाँचौ बलमा विकेट लिएपछि उनी विकेटविहीन हुनबाट जोगिएका थिए । सुरुका तीन ओभरमा १५ रन खर्चिएका सन्दीपले अन्तिम ओभरमा ३ रन दिएर महत्वपूर्ण एक विकेट हात पारे । आज चार ओभर बलिङ गर्दा सन्दीपले १८ रन खर्चिए । जुन बाँकी बलरहरुको भन्दा किफायती हो ।

आजको खेलमा सन्दीपको टिम सिल्हेट सिक्सर्सले रंगपुरलाई २७ रनले हरायो । सिल्हेटले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । १८८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको रंगपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन मात्र बनायो । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा