फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते
फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते
बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ ।
घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
टोरन्टोको योङ स्ट्रिटमा भ्यान चालकले फुटपाथमा पैदल यात्रुहरुलाई लक्षित गरी भ्यान चलाएको बीबीसीले जनाएको छ । घटनापछि सो क्षेत्रमा केही समय मेट्रो सेवासमेत बन्द गरिएको थियो ।
यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले घटनाको छानबिन भइरहेको र दोषीमाथि कडा कारबाही हुने जानकारी दिए ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । एजेन्सी
अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा
फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै
गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा
फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय
माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल
प्रतिकृया दिनुहोस