ताजा खबर

पल्सर स्पोर्टस् अवार्डः सन्दीप सर्वाधिक तीन विधाको मनोनयनमा

RadioTaplajung

पल्सर स्पोर्टस् अवार्डः सन्दीप सर्वाधिक तीन विधाको मनोनयनमा
 वैशाख ३१ । पल्सर स्पोर्टस् अवार्ड २०७४ मा क्रिकेटका सन्दीप लामिछाने सर्वाधिक तीन विधाको मनोनयनमा पर्न सफल भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आइरहेको अवार्डमा सन्दीप लामिछाने वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी तथा पिपुल्स च्वाइस अवार्ड गरी सर्वाधिक तीन विधामा मनोनीत भएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।

जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन् ।

यस्तै, वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी बिमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नबीता श्रेष्ठ रहेका छन् ।

पल्सर स्पोर्टस् अवार्डअन्तर्गत् वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेञ्जन, जुडोकी मनीता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन् ।

यसैगरी, वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् ।

यसअघि नै सार्वजनिक भइसकेको पिपुल्स च्वाइसमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र फुटबलका मानबहादुर शेर्पा परेका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लिट र स्पेसल अवार्डको घोषणा भने आगामी जेठ ३ गते राजधानीमा हुने अवार्ड कार्यक्रममै गरिने जनाइएको छ । स्रोत:इमेजखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा