ताजा खबर

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

SITENAME

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा
जेष्ठ २ । कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।
कामिरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए। पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन्।
उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ।

कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो। उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए। चारवर्ष उनले ‘रोप फिक्सिङ’ ९क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने० टोलीको नेतृत्व गरे। उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे।

सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पुर्‍याए। तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन्। उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन्। संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे। त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन्।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए। आप्पाले सन् २०११ बाटै आरोहण छोडे। फुर्वाले सन् २०१३ बाट छोडे। त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्। स्रोतः ई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

सरकारलाई सर्वोच्चको ‘रेडकार्ड’:निषेधित क्षेत्र कार्यान्वयन गर्न रोक

सरकारलाई सर्वोच्चको ‘रेडकार्ड’:निषेधित क्षेत्र कार्यान्वयन गर्न रोक असार ३२ गते । सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका स्थानमा सभा तथा विरोध

SITENAME

देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने

देशभर मनसुनी प्रभाव, मध्य र पश्चिममा ठूलो वर्षा हुने  असार २६ गते । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने

SITENAME

विराटनगमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने

विराटनगमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुने असार २४ गते ।  तीन विद्यार्थी संगठनले विराटनगस्थित महेन्द्र मोरङ आर्दश