ताजा खबर

एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि

SITENAME

एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि

३ जेठ । एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३(० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।

एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे ।

खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।

एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो ।

सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।
स्रोतः अनलाइन खबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो

म्यानचेस्टर सिटीको अपराजित यात्रामा लाग्यो ब्रेक, चेल्सीसँग हार्‍यो  मंसिर २३ गते । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ ।

SITENAME

ए डिभिजन लिगमा तीन खेल स् को–कोसँग खेल्दैछन् ?

ए डिभिजन लिगमा तीन खेल स् को–कोसँग खेल्दैछन् ?  मंसिर २३ गते । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार ३ वटा खेल हुने भएका छन् ।  सातदोबाटोमा

SITENAME

इन्टरमिलानलाई हराउँदै युभेन्टसले सिरी एमा ११ अंकको अग्रता बनायो

इन्टरमिलानलाई हराउँदै युभेन्टसले सिरी एमा ११ अंकको अग्रता बनायो  मंसिर २२ गते ।  इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको इन्टर मिलानविरुद्धको