ताजा खबर

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन

SITENAME

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन
 जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

एमालेका दुवै नेताको हत्या भएको २५ वर्ष पुग्दा समेत प्रभावकारी छानविन नभएकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टी जनाउने गरिएको छ । एमाले नेतृत्वको सरकार बन्दा समेत आफ्ना नेताहरुको निधनबारे छानबिन नगरेको भनेर गुनासो हुने गरेको छ ।

भण्डारी र आश्रितको निधनको बारेमा तत्कालीन सरकारले प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । त्यस्तै एमालेले आफ्ना नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्यमरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो । तर सवै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । यो विचार एमालेको मुख्य निर्देशक सिद्धान्तका रुपमा रहिआएको छ ।
स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

नेकपामा दुर्इ अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि चुलियो, चार शीर्ष नेताद्वारा बैठक बहिष्कार

नेकपामा दुर्इ अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि चुलियो, चार शीर्ष नेताद्वारा बैठक बहिष्कार मंसिर २३ गते । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच

SITENAME

सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर

सांसदलाई डेरा छैन, मन्त्रीलाई घरैघर मंसिर २२ गते । संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भनिन्,

SITENAME

प्रधानमन्त्रि ओलि र प्रचण्ड बिरुद्ध मुद्धा दायर

रेडियो ताप्लेजुङ – प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले