मलेरिया ज्वरो, कम्मर, शरिर दुख्ने, हात्ती पाइले रोगको एउटै घरायसी औषधी सखर
रेडियो ताप्लेजुङ्ग /सक्खर उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदाथ नै सखर हो ।
सखर निम्न औषधिको रुपामा प्रयोग गर्न सकिन्छ ।
कम्मर दुख्ने रोगमा एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
कफ र खोकी लागेको रोगमा १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
हात्ती पाइले रोगमा(गौत ,गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
ज्वरो आएमा जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३–४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
खोकी र दममा सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १–१ चम्चा बिहान बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ ।
औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।
पेट दुखेमा भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।
घाँटी बसेमा एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।
शरीर दुख्ने रोगमा भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
मलेरिया ज्वरो आएमा भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १र१ गोली २र२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।
काला ज्वरो आएमा दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुईरदुई गोली बिहानरदिउँसोरबेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
औलोको ज्वरो आएमा दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ
एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै
ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।
२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो
पाँचथर । पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम
डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा
काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ। स्वास्थ्य तथा
प्रतिकृया दिनुहोस