ताजा खबर

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

RadioTaplajung


ताप्लेजुङ – आश्विन १७ गते ।
आनन्द गौतम

नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन । विराटनगरमा भइरहेको प्रदेश अधिबेशनको क्रममा अकस्मात विरामी भएपछि उनलाई थप उपचारकालागि काठमाण्डौंको गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र लगीएको छ । 
भुपेन्द्रका छोरा क्षितिज थेवेका अनुसार विराटनगरमा विरामी भएका उनलाई नोवेल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकको सल्लाह अनुसार जहाजवाट काठमाण्डौं लगिएको हो । वुधवार पनि आइसियुमै राखेर उपचार भइरहेको र विहान होसमा आएको क्षितिजले वताए ।  वुधवार विहान थोरै जाउलो खाएको र होसमा फर्किएकाले सुधारको संकेत देखिएको परिवारले वताएका छन । 
उनलाई अक्सिजनमै राखिएको छ ।  जिल्ला कमिटि अध्यक्ष थेवेलाई मुटु लगायतको समस्या रहेको छ । भुपेन्द्रका छोरा क्षितिज एमाले भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन्भनें पत्नी उर्मिला थेवे प्रतिनिधि सभाको सांसद छन । 
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा

RadioTaplajung

ताप्लेजुङ ‘पूर्ण खोप सिनिश्चितता जिल्ला’ घोषित

किरण गदाईली , ताप्लेजुङ,असार २४गते ताप्लेजङ जिल्लालाई पूर्णखोप सिनिश्चितता  जिल्ला घोषणा गरिको छ । झाँकी सहितको ¥याली गरि नगर परिक्रममा पस्चात