ताजा खबर

३९  घण्टापछि जीवितै उद्धार

RadioTaplajung


संखुवासभा, असार ३ गते । अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चारजनाको ३९ घण्टापछि जीवितै उद्वार भएको छ । शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा बेपत्ता भएका दुई भारतीयसहित चारजनाको ३९ घण्टापछि जीवितै उद्वार गरिएको हो ।  बेपत्ता भएका  कालिकोटका कामदार ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका-१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्वार भएको हो । मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो। पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाए पनि फसेकालाई निकाल्न सकिएको थिएन ।  लामाे समयकाे प्रयासपछि आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्वार भएकाे हो । 
from annapurnapost

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले