ताजा खबर

निगमका विमानलाई जापान र कोरिया जान सकस, सुरक्षा चासो मुख्य कारण

RadioTaplajung

निगमका विमानलाई जापान र कोरिया जान सकस, सुरक्षा चासो मुख्य कारण
 भदौ ४ गते । नेपाल वायुसेवा निगमका जहाजले तत्काल जापान र कोरिया उडान गर्न नपाउने भएका छन् । युरोपियन युनियन इयुले नेपालका विमान कम्पनीलाई कालोसूचीमा राखेकाले जापान र कोरियाले पनि नेपाल वायुसेवा निगमका जहाजलाई उडान प्रमाणपत्र एओसी दिएका छैनन् ।

निगमले जापान, कोरिया र युरोपसम्मको गन्तव्यलाई मध्यनजर गरेर २ सय ७४ सिट क्षमताका २ वटा नयाँ वाइड बडी जहाज ल्याएको छ । झण्डै २४ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएका जहाज कोरिया र जापान उडाउने योजना तत्कालको लागि रोकिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो  ।

‘जापान, कोरिया र साउदी अरबमा हाम्रा जहाज उडाउन अनुमति मागेका छौं, त्यहाँको एअरपोर्टले अनुमति दिएपनि नियमक निकायले दिएको छैन’ पर्यटन मन्त्रालयमा भएको कार्यक्रममा निगमका महाप्रबन्धक कंसाकारले भन्नुभयो, ‘उनीहरुले युरोपियन युनियनको यो वर्षको सेफ्टी अडिट कुरेका छन् कि भन्ने हामीलाई शंका लाग्न थालेको छ, उनीहरुले बढी नै बहानाबाजी गरेको जस्तो देखिएको छ ।’
कोरिया र जापान उड्नु भनेको इयुको कालोसूचीबाट हट्नु सरह स् महाप्रबन्धक गौतम

नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक सञ्जिव गौतमले कोरिया र जापानसम्म नेपालका विमान पुग्न पाएमा त्यो इयुको कालोसूचीबाट हट्नु सरह भएको बताउनुभयो ।

‘नेपाल एअरलाइन्सको सुरक्षासँग सम्बन्धित कुराहरु अध्ययन गर्न कोरिया र जापानबाट टोली नेपाल आउँछ, उनीहरुले जहाज ह्यान्डलिङदेखि यात्रु सुरक्षाको बारेमा हेर्छन, सिभिल एभिएसनका केही कुरा पनि माग्न सक्छन्, कोरिया र जापानले नेपाल एअरलाइन्सलाई उडान गर्ने अनुमति दियो भने यो हाम्रो लागि ठूलो उपलब्धी हुनेछ,  त्यसपछि इयुको कुनै पनि इस्यु बाँकी रहन्न, कोरिया भनेको आईकाओको  स्टान्डर्ड पालना गर्ने सबैभन्दा राम्रो देश हो’ महाप्रवन्धक गौतमले भन्नुभयो ।
कोरियाले गाइडलाइन पठाएको छ, त्यसैअनुसार गर्नुपर्छ स् सहसचिव आचार्य

मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेपाल वायुसेवा निगमका जहाजलाई कोरिया उडानको लागि उसले गाइडलाइन पठाएको र त्यसैअनुसार गर्नुपर्ने बताउनुभयो ।

‘कोरियाले एनएसीको सेफ्टी अडिट र र्याम इन्सपेक्सन मागेको छ,  त्यो कामको लागि कोरियाको टोली नेपाल आउन इच्छुक छ, कुटनीतिक तहबाट हामीले जानकारी पाएका छौं,  नेपाल एअरलाइन्सले के के गर्नुपर्ने हो भन्ने कुराको गाइडलाइन हामीलाई पठाएको छ, त्यो कुरा हामले वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणलाई भनिसकेका छौं, उनीहरुलाई लाग्ने खर्च निगमले बेहोरेर बोलाउनुपर्छ’ सहसचिव आचार्यले भन्नुभयो ।
यस्तो छ कारण

नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले २०७० सालको मंसिरमा नेपाललाई गम्भीर सुरक्षा चासो रहेको देशमा सूचिकृत गरेको थियो ।

आईकाओको गम्भीर सुरक्षा चासो र सन् २०१० देखि २०१२ सम्म नेपालमा भएका हवाई दुर्घटनाको संख्या र त्यसमा भएको मानवीय क्षतिलाई मध्यनजर गरेर युरोपियन युनियन ईयूले पनि आफ्नो आकाशमा नेपाली जहाज प्रवेशमा रोक लगायो । उसले सकभर नेपाल यात्रामा नजान पनि आफ्ना नागरिकलाई आग्रह गरेको थियो ।

आईकाओले भनेका ८ वटा सुरक्षा मापदण्ड पूरा गर्दै गएको जुलाई अर्थात २०७४ सालको साउनबाट नेपाल गम्भीर सुरक्षा चासो भएको देशबाट मुक्त भयो । आईकाओका उडान सुरक्षा मापदण्ड परिपालना दर नेपालले ५५ प्रतिशतबाट बढाएर ६६ प्रतिशत पु¥याएपछि गम्भीर सुरक्षा चासोबाट मुक्त भयो ।

विश्वभरकै हवाई क्षेत्रको नियामक निकाय मानिएको आईकाओले नै नेपाली विमान र आकाश सुरक्षित छ भनेको छ, तर युरोपियन युनियनले भने नेपाली विमानलाई प्रतिबन्ध जारी राख्नुलाई शंकाको विषयले हेरिएको छ । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,