ताजा खबर

अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा

RadioTaplajung

अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा
भदौ ४ गते । अफगानिस्तान सरकारले तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ ।

राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताए ।

एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रपतिको यो घोषणाप्रति तालीवानी बिद्रोहीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यद्यपी इदकै अवसरका आफ्नो कब्जामा रहेका केही बन्दीले भने रिहा गर्ने तालिवानले स्पष्ट पारेको छ ।

अफगानी राष्ट्रपतिको यो कदमको विश्वजगतले स्वागत गरेको छ ।

अमेरिकी गठबन्धन सेना नेटोका महासचिव ऐस स्टोलटेनवर्गले राष्ट्रपति घानीको कदमको स्वागत गर्दै तालिवान बिद्रोहीलाई युद्धबिरामको सम्मान गर्न अपील गरेका छन् ।

यस्तै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले युद्धबिरामको स्वागत गर्दै यही समयमा दुबै पक्षबाट शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

अफगानिस्तानमा गत जुन महिनामा इद उल फित्रको समयमा पनि तीन दिनसम्म युद्धबिरामको घोषणा गरिएको थियो । (एजेन्सी)

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल