ताजा खबर

लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता

RadioTaplajung

लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता
 भदौ २८ गते ।  अविरल वर्षापछि आएको पहिरोमा परि लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको छ ।

त्यस्तै  पहिरोमै परि श्रीचौरकी ४७ वर्षीया बिष्णुकुमारी गुरुङको  मृत्यु भएको छ ।

 बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीमा पहिरोमा परि २ जना जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दीमा एक्कासि आएको बाढीले बगाउँदा बेसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जनालाई मस्र्याङ्दीले बगाएको छ ।

लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मी प्रसाद  थारुलाई मर्स्याङ्दीले बगाएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको ढकालले बताउनुभयो । उज्यालो अनलाइन
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक