लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता
लमजुङमा बाढीपहिरोको कहरः ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता
भदौ २८ गते । अविरल वर्षापछि आएको पहिरोमा परि लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।
मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको छ ।
त्यस्तै पहिरोमै परि श्रीचौरकी ४७ वर्षीया बिष्णुकुमारी गुरुङको मृत्यु भएको छ ।
बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीमा पहिरोमा परि २ जना जना बेपत्ता भएका छन् ।
मर्स्याङ्दीमा एक्कासि आएको बाढीले बगाउँदा बेसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जनालाई मस्र्याङ्दीले बगाएको छ ।
लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मी प्रसाद थारुलाई मर्स्याङ्दीले बगाएको छ ।
बेपत्ताहरुको खोजी कार्य जारी रहेको ढकालले बताउनुभयो । उज्यालो अनलाइन
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस
रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा पालिकाले
प्रतिकृया दिनुहोस