सर्वोच्चले बिदा खारेज गरे पनि फक्ताङलुङ गाउँपालिकाले दियो फागुन १ सार्वजनिक विदा
प्रिशा बस्नेत , माघ २९ गते ,
ताप्लेजुङ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भोलि अर्थात् फागुन १ गते जनयुद्ध दिवसका दिन १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरिदिएको थियो भए पनि कतिपय गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् । गाउँपालिका अध्यक्ष राजन लिम्बु मुक्ति द्वारा हस्ताक्षरित पत्रमा २०५२ साल फागुन १ गतेदे खि सञ्चालित महान जनयुद्धको स्मरण र सम्मान गर्दै गाउँपालिका अन्तर्गतका सबै कार्यालय हरू विद्यालयहरू र संघ संस्थाहरुका लागि सार्वजनिक विदा दिएको उल्लेख गरिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।
यसैबीच भोलिबाट सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताका लागि गाउँपालिकाका विद्यार्थी आठराई त्रिवेणि गाउँपालिका प्रस्थान गरेको गाउँपालिका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
प्रतिकृया दिनुहोस