ताजा खबर

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

RadioTaplajung

 

किरण गदाईली

थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार सम्पन्न भएको छ । पालिकाको केन्द्र थेचम्बू स्थित पाथीभरा ब्याडमिन्टन हलमा गत फाल्गुन २७ गतेवाट जारी प्रतियोगितामा पालिका तथा प्रदेश स्तरीय विभिन्न विधालमा खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

जस अन्तर्गत ,मिक्स डबल तर्फको विधामा फुङ्लिङ नगरपालिकाका प्रेम मावो र भावना देवी केदेमले उपाधि जितेका छन् ।उनिहरुले पाथीभरा याङवरकका लासाङ तामाङ र शिव कुमार काम्वाङको टिमलाई हराएका हन् । उक्त विधामा विजेता तथा उपविजेताले क्रमस: ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार र १० हजार प्राप्त गरेकाछन् । मेन्स डवल ४५ बर्ष माथिको विधामा गणेश बहादुर राई र दिपक आङ्देम्वे पाँचथरको टोलिले जित हासिल गरेको छ । ताप्लेजुङका सन्तोष चोङवाङ र गजेन्द्र थलङको टिमलाई फाईनल खेलमा पराजित गर्दै उनिहरुले उपाधि कब्जा गरेका हुन् । उक्त खेलका विजेता र उपविजेताले क्रमस:ट्रफि, मेडल र प्रमाणसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे ।

मेन्स डवल स्थानीय तह तर्फको उपाधि अजय ईजम र लक्ष्य लिम्बूको पोल्टामा परेको छ । फाईनलमा रितेश वि. क र दिप्शन लिम्बूको टिमलाई पराजित गरेका उनिहरुले ट्रफि मेडल र प्रमाणसहित नगद ५ हजार प्राप्त गरकाछन् । उपविजेता टोलीले ट्र«फि मेडल र प्रमाणपत्रसहित नगद रु ३ हजार रुपैयामा चित्त बुझायो ।

मेन्स डवल जुनीयर बी तर्फको खेलमा भने फुङ्लिङका सोजित श्रेष्ठ र किशोर राईको टिमले मेरिङ्देन गाउँपालिकाका विकास तामाङ र देउ प्रसाद लिम्बुको टिम विरुद्ध जित निकाल्यो । जितसँगै उक्त टोलिले ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद रु १५ हजार पाउँदा दोस्रो  हुने टिमले ट्रफि ,मेडल र प्रमाणपत्रसहित नगद रु १० हजार प्राप्त गरेको छ ।

आजै सम्पन्न सरकारी कर्मचारी डबल तर्फको विधामा पाथीभरा याङवरक गाउँपालिकाका शिव कुमार काम्वाङ र केशव पौड्यालको टिमले मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङको टिमलाई हराउदै च्यान्पियन बनेको छ । उक्त विधाको प्रतिस्पर्धामा प्रथम र दोस्रोले क्रमस : ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद रु २० हजार र १५ हजार प्राप्त गरे । मेन्स डबल सिनियर कोशी प्रदेश स्तरीय तर्फको उपाधि भने तेह्रथुमका नवीन सिलवाल र विवेक कन्दंवाको जोडीले हात पारेको छ । पाचथरका दिपक आङ्देम्वे र दिवस संखरको जोडीलाई हराउदै उपाधि जितेको हो । उक्त विधा तर्फ प्रथम र दोस्रो हुनेले क्रमस :ट्रफि मेडल र प्रमाणपत्रसहित नगद रु ३० हजार र २० हजार प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका प्रमुख केशर कुमार मेन्याङ्वो , उपाध्यक्ष रनमाँया गुरुङ,प्रमुख प्रसासकिय अधिकृत अभिषेक घिमिरे ,जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक लगायतको उपस्थिती रहेको थिाये ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले