ताजा खबर

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

RadioTaplajung

 

ताप्लेजुङ , चैत्र ६ गते ।
कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम भएको छ । सुरुको नतिजा mब पनि पहिलो नै थियो । कोशी प्रदेशका १ सय ३७ स्थानीय तह मध्ये मैवाखोला गाउँपालिका पहिलो भएको हो । गत फागुन ८ गते राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कनको नतिजा प्रकाशित गर्दै पुनरावलोकनका लागि ७ दिनको समय दिएको थियो । उक्त समय भित्र पुनरावलोकनका लागि स्थानीय तहले दिएका निबेदन माथि कारवाही गरेर आयोगले अन्तिम नतिजा प्रकाशित गरेको छ । आयोगले कार्य सम्पादन मूल्याङ्कन वापत प्राप्त हुने नतिजाका आधारमा आगामी आर्थिक बर्षमा प्रदान हुने वित्तीय समानी करण अनुदानका लागि सिफारिस गर्ने गर्छ । यस अघि पनि प्रदेशमा दोस्रो भएको पाँचथरको याङवरक गाउँपालिका पुनरावलोकन सहितको नतिजामा पनि दोस्रो भएको छ भने ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भोजपुरको पौवा दुङ्मा गाउँपालिकासंग झिनो अंकले पछि पर्दै प्रदेश भरीमा चौथो भएको छ । मैवाखोला गाउँपालिकाले ७२।३१ अंक प्राप्त गर्दा पाँचथरको याङवरक गाउँपालिकाले उ भन्दा केहि मात्र अंक अर्थात् ७२।२६ अंक पायो । पुनरावलोकनको नतिजामा स्थानीय तहले यस अघि पाएको अंक भन्दा बढाएका छन् । मैवाखोलाले यस अघि ४८।३१ अंक पाएको थियो । प्रदेशको चौथो तथा ताप्लेजुङ जिल्लामा दोस्रो भएको सिरिजङ्गा गाउँपालिकाले यस अघि ४६।०३ अंक प्राप्त गरेको थियो । अन्तिम नतिजामा पनि फुङलिङ नगरपालिका जिल्लामा तेस्रो भएको छ । उसले ६२।११ अंक पाएको छ । यस अघि उसले ३८।११ अंक पाएको थियो । यस्तै फक्ताङ्लुङ गाउँपालिका ६० अंक सहित चौथौ स्थानमै कायम रहेको छ । उसले प्रारम्भिक नतिजामा ३६।६० अंक पाएको थियो । ५३।२७ अंक सहित पाथीभरा याङ्वरक पाँचौं भएको छ । २९।३७ अंक सहित उ यस अघि पनि सोहि स्थानमा थियो । मेरिङदेन गाउँपालिकाले ५१।०३ अंक पाएको छ । यस अघि मेरिङदेन गाउँपालिका २७।०३ अंक सहित छैटौं थियो । सिदिङ्वा गाउँपालिकाले २६।८६ अंकबाट सुधार गरेर अन्तिम नतिजामा ५०।८६ अंक पाए पनि सातौं स्थानको नतिजामा भने अदल बदल भएन । आठराई त्रिबेणी गाउँपालिकाले ४७।९३ अंक पाएको छ । प्रारम्भिक नतिजामा उसको अंक २३।९३ रहेको थियो । यस्तै मिक्वाखोला गाउँपालिकाले ४६।४७ अंक पाएको छ । यस अघि उसले २२।४७ अंक पाएको थियो । कार्य सम्पादन मूल्याङ्कन नतिजामा आठराई त्रिबेणी आठौं र मिक्वाखोला नवौं स्थानमा परेका छन् । eujyalopost.com

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार