दसैँयताका नेपाली फिल्म : कसले कति कति कमाए ?

कार्तिक २५ गते । एकपछि अर्को फिल्मले व्यावसायिक असफलता व्यहोर्दै जानु नेपाली फिल्म क्षेत्रको बिडम्बना नै भइसकेको थियो । विगतका वर्षहरूमा एकाध फिल्मले मात्र सुखद व्यापार र लगानी सुरक्षित गर्ने र बहुसंख्यक फिल्महरू एकाध दिनमै उत्रिने नियति जस्तै भइसकेको थियो ।
तर यो वर्ष भने नेपाली फिल्मका लागि अवस्था फरक देखियो । वर्षको सुरुआतीदेखि नै नेपाली फिल्म क्षेत्रले फरक अनुभव गरिरहेको छ । वैशाखमा प्रदर्शनमा आएको सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले छरेको आशाको किरण त्यसपछि पनि निरन्तर छ । फिल्म व्यावसायिक रुपमा सफल मात्र भएका छैनन्, कमेडी विधाका फिल्मले मात्र बाजी मारिरहेको बेला सामाजिक विषयवस्तुमाथिको गम्भीर कथाहरूलाई पनि दर्शकले स्वागत पाइरहेका छन् । ‘पूजार सार्की’ होस कि ‘फर्की फर्की’, होस् वा ‘घरज्वाइँ’ । ‘मनसरा’ र डिग्री’ माइलाको कमाइ पनि निराशाजनक भने थिएन । प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा यात्रा गरेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ले पनि नेपालमा सन्तुष्टजनक व्यापार गर्यो। फिल्मले ४ करोड रुपैयाँभन्दा बढीको व्यापार नेपालबाटै गरेको थियो। दसैँ भन्दा केही साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले पनि मनग्गे दर्शक पायो । फरक– फरक विधाका फिल्म एकपछि अर्को व्यावसायिक रुपमा सफल भइरहँदा यसले फिल्म क्षेत्रमा सकारात्मक सन्देश पनि दिइरहेको छ ।
दसैँयता फिल्म स् कुनले कति कमायो ?
दसैँयता रिलिज भएका प्रायः फिल्महरूले उत्साहजनक व्यापार गरिरहेका छन् । १६ असोज घटस्थापनको दिन प्रदर्शन भएको सजन काफ्ले र आकाश बराल निर्देशित फिल्म ‘बेहुली फ्रम मेघौली’ हलमा चौध दिन लाग्यो । दुई सातामा फिल्मले करिब ४ करोडको व्यापार गरेको फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतको दाबी छ ।
तर फूलपातीमा प्रदर्शनमा आएका तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’का कारण ‘बेहुली फ्रम मेघौली’को कशो संख्या घट्न थाल्यो । शो संख्या कम पाएपछि निर्माता निश्चलले फिल्म हलमा नचलाउने निर्णय गरे । ‘बेहुली फ्रम मेघौली’ अहिले डिजिटल प्लेटर्फमार्फत शुल्क तिरेर हेर्न पाईन्छ । ओटीटी प्लाटफर्म एमएसएम मा ‘बेहुली फ्रम मेघौली’लाई १० दिनमा १९ हजार पटक हेरिएको छ । निश्चलका अनुसार यो करिब ७५ लाखको व्यापार हो । यो फिल्मका लागि उक्त प्लाटफर्ममा कम्तिमा ५० हजार दर्शक पुर्याउने लक्ष्य निर्माण टिमको छ । ‘५० हजारले फिल्म हेर्नु भनेको करिब २ करोडको व्यापार हुनु हो,’ निश्चल भन्छन् । ओटिटी प्लेटफर्ममा सुरुआती चरणमा देखिएको यो संख्याले भने राम्रो व्यापारको सम्भावना देखाएको छ ।
२४ असोज फूलपातीमा प्रदर्शनमा आएको विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ‘अनपेक्षित’ व्यापार गरिरहेको छ । फिल्म रिलिजको चौथो हप्तासम्मको व्यापार बिहीबार निर्माण टिमले सार्वजनिक गरेको थियो । वितरक गोविन्द शाहीका अनुसार चौथो हप्तासम्म फिल्मको व्यापार २५ करोड ५० लाख भन्दा माथि छ । पछिल्ला वर्षहरूमा नेपालमा एक्सन विधाका फिल्महरूको ‘खडेरी’ नै थियो । बनेका एकाध फिल्महरूले लगानी पनि सुरक्षित गर्न सक्ने अवस्था थिएन । यो फिल्ममार्फत् छोरा समीरलाई डेब्यू गराएर कमब्याक भएका विराजले व्यापारमा छलाङ नै मारे । फिल्मको शो विस्तारै कम हुँदै गए पनि हलहरूमा दर्शक भरिभराउ छन् ।
फूलपातीकै दिन प्रदर्शन भएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ले पनि दर्शकमाथिको पकडलाई कायम राख्यो । एक साताअघि निर्माण टिमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले १९ करोडमाथिको व्यापार गरेको थियो । त्यसयता भने फिल्मको शो संख्या खुम्चँदै गइरहेको छ । पछिल्लो कमाइको तथ्यांङ भने सार्वजनिक गरिएको छैन । वितरक मनोज राठीका अनुसार पछिल्लो कमाइको रेसियो भने घटेको छ। ‘त्यसयता फिल्मले १ करोडभन्दा माथि व्यापार गरेको छैन,’ राठी भन्छन् ।
‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगै रिलिज भएको वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँसाब’ले पनि लगानी सुरक्षित गरेको छ । दुई फिल्मको तुलनामा शो संख्या धेरै कम पाए पनि हलहरूमा दर्शकको चाप भने बाक्लो थियो । निर्देशक निरौलाका अनुसार फिल्मले अहिलेसम्म ५ करोड २५ लाख रुपैयाँको व्यापार गर्यो ।
९ कार्तिकदेखि पुनःप्रदर्शनमा आएको सिद्धार्थ पुडासैनी निर्देशित फिल्म ‘सानो संसार’ले समीक्षा राम्रो पायो। तर अपेक्षाअनुसारको दर्शक पाएन । हल सञ्चालकहरूले आफ्नो फिल्मलाई शो नै नदिएको फिल्मका निर्माता अर्जुन कुमारको गुनासो छ ।
उनका अनुसार फिल्मले एउटा मात्र शो पाएको छ । ‘फिल्म एउटा मात्र हलमा लागेको छ । तर हाउसफूल छ। हलवालाहरूले हाम्रो फिल्ममाथि अन्याय गरे,’ उनको गुनासो छ । यसअघि ११ असोजमा ‘आँखा’सँगै प्रदर्शनमा आएको ‘सानो संसार’को व्यापार देशभर भएको अविरल वर्षाको कारण डुबानमा पर्यो । बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेको बेला निर्माता अर्जुन कुमारले फिल्म स्थगित गरे । त्यसपछि पुनः रिलिज हुँदा पनि फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । फिल्मको अहिलेसम्मको व्यापारबारे तथ्यांङ सार्वजनिक भइसकेको छैन ।
१५ कात्तिकमा दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भने रेकर्ड नै राखेको छ । निर्माण टिमले सार्वजनिक गरेको बिहीबारसम्मको तथ्यांङअनुसार फिल्मले ८ दिनमा ११ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । बिहीबार मात्रै पनि फिल्मले २ करोड ८५ लाखको व्यापार गरेको निर्माता विनोद पौडेलको दाबी छ । फिल्मले सुरुआती दिनमा निकै कम शो पाएको थियो। बरु सोही दिन प्रदर्शनमा आएका हिन्दी फिल्म ‘सिंगम अगेन’ र ‘भुल भुलैया ३’ले बढी शो पाएका थिए।
अहिले भने फिल्मले अनपेक्षित शो पाइरहेको छ । फिल्म बिहीबार ३ सय ८९ र शुक्रबार ३ सय ९५ थिएटरमा लागेको थियो। शुक्रबार मात्रै फिल्मले ४ सय शो प्राप्त गर्यो।
लगातार एकपछि अर्को फिल्मलाई दर्शकहरूले रुचाइरहेको बेला फिल्मकर्मीहरू आशावादी छन् । यसपछि प्रदर्शनमा आउने फिल्महरूबाट भने यो आशा कायम होला कि नहोलारु त्यो भने हेर्न बाँकी छ ।
ई कान्तिपुर

फुङ्लिङ नगरपालिकाद्वारा वरिष्ठ साहित्यकार थापा १ लाख ५१ हजार रूपैयाँ सहित सम्मानित
रेडियो ताप्लेजुङ भाद्र १५ गते ।फुङ्लिङ नगरपालिकाले वरिष्ठ साहित्यकार राजेश्वर थापालाई सम्मान गरेको छ। नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना
किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह
रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका








प्रतिकृया दिनुहोस