प्रथम महिला फुटसलमा १८ टिमले प्रतिष्पर्धा गर्दै, विजेताले २५ हजार पाउने

आनन्द गौतम
ताप्लेजुङ,भाद्र २५ गते । । जिल्लामा पहिलो पटक हुन लागेको प्रथम महिला फुटसलमा १८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । पाँचथरको फिदिमबाट आउने एक र बाँकी ताप्लेजुङका टिमहरू रहेको आयोजक समितिका अध्यक्ष याङकी भोटिया मादेनले बताइन् ।
मादेनका अनुसार पुलिस, विद्यार्थी र समुहमा आवद्ध महिलाहरूको टिम रहेको छ । हरितालिका तिजको अवसरमा आयोजित प्रतियोगिता शुक्रबार बिहान १० बजेदेखि प्रारम्भ हुनेछ । आयोजक समितिका सचिव पुजन श्रेष्ठका अनुसार विजेताले २५ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्डर, कोच लगायतले विधागत पुरस्कार प्राप्त गर्ने पुजनले जानकारी दिइन् । सदरमुकाम फुङलिङ स्थित कुलकर्ण फुटसल मैदानमा यसअघि पुरुषहरूको प्रतियोगिता भएको थियो ।
महिलाहरूले यस अघिदखिनै अभ्यास गरिरहेको र तिजको अवसर पारेर प्रतियोगितानै आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं महिला फुटसल आयोजक समितिका विशेष सल्लाहकार अञ्जना कडरियाले बताइन् । यसले प्रतिस्पर्धीहरूको मनोबल बढाउने र फुटसलप्रतिको आकर्षणमा वृद्धि हुने उनको बुझाइ छ ।
पाथीभरा क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम महिलाहरूको फुटसल प्रतिको आकर्षण बढेकाले प्रतियोगिताले थप जागरुकता बढाउने बताउँछिन् ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले
..jpeg)
प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म
किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने








प्रतिकृया दिनुहोस