ताजा खबर

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह

SITENAME

रेडियो ताप्लेजुङ
बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको  नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका कार्यसमितिलाई हालसम्म जिल्लाका विभिन्न स्थानहरूबाट पाँच जनाले सृजना पठाएका छन्।
गीत सङ्कलन समितिका संयोजक पासाङ शेर्पाका अनुसार प्राप्त भएका गीतहरू रुजु गर्ने कार्य भाषाविद मातृका शेर्पाबाट भइरहेको छ। शेर्पाले गीतमा भएका शब्दहरूमा शुद्धाशुद्धि भए नभएको गर्नुहुनेछ।अझै पनि आफ्नो सृजना पठाउन चाहने सर्जकहरूलाई सम्पर्क गर्न समितिले आग्रह गरेको छ । 
कसैले सिर्जना गरेको भए उक्त गीत उपलब्ध गराउन  संयोजक पासाङ शेर्पाको मोबाइल नम्बर ९७६२२३०६६३ मा सम्पर्क गर्न सकिने बताइएको छ।
वैशाख १८ र १९ गते गीत पठाउने सर्जकहरूलाई मेरिङदेन गाउँपालिका ३ को खाम्लुङ स्थित दोभान बजारमा सहभागी हुन समितिले आग्रह गरेको छ । उक्त दिन गीतका सर्जक र प्रकाशन समिति बसी दोहोरिएका शब्दहरू सर्जकको अनुमतिमा  सम्पादन गर्ने र छुट्टिएका शब्दहरूलाई समायोजन गर्ने तयारी रहेको छ । उक्त छलफल पश्चात् गीत छाप्ने तयारी रहेको संयोजक शेर्पाले बताउनुभयो   ।
शेर्पा समुदायको मौलिक कलालाई जगेर्ना गर्ने योजनाका साथ  गीत संकलन कार्य गरिएको समितको भनाई छ । उक्त कर्यमा  देश तथा विदेशमा रहेका शेर्पा समुदायले आर्थिक सहयोग गरिरहेको  समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

फुङ्लिङ नगरपालिकाद्वारा वरिष्ठ साहित्यकार थापा १ लाख ५१ हजार रूपैयाँ सहित सम्मानित

रेडियो ताप्लेजुङ भाद्र १५ गते ।फुङ्लिङ नगरपालिकाले वरिष्ठ साहित्यकार राजेश्वर थापालाई सम्मान गरेको छ। नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना

SITENAME

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना

किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

SITENAME

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक

रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका