ताजा खबर

गणेश लङ्वाको अध्यक्षतामा ताप्लेजुङमा खो-खो कार्यसमिति गठन

SITENAME

ताप्लेजुङ 

श्रावण ३१ गते ।ताप्लेजुङमा जिल्ला स्तरीय 'खो-खो' कार्यसमिति गठन गरिएको छ। 

आइतबार गणेश लङ्वाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरिएको हो । अब उक्त कार्यसमितिले जिल्लाका विभिन्न पालिकाहरूमा समन्वय गरी विद्यालयका शिक्षकलाई खो - खो सम्बन्धी तालिम दिने ,जिल्लाका प्रतियोगिताहरूमा खो-खो समेट्न भूमिका निर्वाह गर्ने बताइएको छ। 

राष्ट्रिय खेलकुदमा समेत ताप्लेजुङको सहभागिता जनाउन प्रयास गरिने नवगठित कार्यसमितिले जनाएको छ। 

समितिको उपाध्यक्ष ,सचिव र कोषाध्यक्षमा क्रमश : भगवान सिंह एभेङ,दिलेन्द्र राई र विनोद पोमु चयन हुनुभएको छ भने सदस्यहरूमा राजेश गुरुङ, भूपेन्द्र श्रेष्ठ ,जीवन पोखरेल, खिनुमाया इजम र गणेश मादेनलाई चयन गरिएको हो।

खो–खो भारतमा उत्पत्ति भएको परम्परागत दौड–पकडको खेल हो। यसको आधुनिक र नियमबद्ध स्वरूप भारतको महाराष्ट्र, विशेषगरी पुणे क्षेत्रमा विकास भएको मानिन्छ।

 

नेपालमा खो–खो संघ औपचारिक रूपमा वि.सं. २०५२ सालमा स्थापना/राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो। त्यसबेला डा. रामकृष्ण महर्जनको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङ गोल्डकको ‘प्लेयर अफ द म्याच’ले अलैँची पुरस्कार पाउने

किरण गदाईली ताप्लेजुङ, श्रावण २८ गते ।  अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा  ‘प्लेयर अफ द म्याच’बन्ने खेलाडीलाई पुरस्कार

SITENAME

ताप्लेजुङ गोल्डकप : आयोजकको तर्फबाट जिल्ला भित्रका खेलाडी मात्रै खेल्ने ( नामावली सहित ) 

किरण गदाइली ताप्लेजुङ ,श्रावण २० गते ।भाद्र १२ गतेदेखि १९ सम्म सञ्चालन हुने चौथो ताप्लेजुङ गोल्डकपका लागि आयोजक टिमबाट खेल्ने १७ खेलाडी छनोट भएका छन्

SITENAME

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता

किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ।  कुलकर्ण फुट्सल