फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ
भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको छ।
गोरखापत्र राष्ट्रिय दैनिकका ताप्लेजुङ संवाददाता तथा ताप्लेजुङबाट प्रकाशन हुने ई -उज्यालो डट कमका सञ्चालक चन्द्र पन्दाक ( प्रयास ) नगद रु १० हजार रुपैयाँ सहित सम्मानित हुनुभएको हो।
पत्रकार पन्दाकले'हेमा फेम्बु ( सविता ) फोनिज पत्रकारिता पुरस्कार२०८३' प्राप्त गर्नुभयो। उक्त पुरस्कार फक्ताङलुङ ६ लेलेप घर भई हाल हङकङमा रहनुहुने हेमा लिम्बू (सविता)ले उपलब्ध गराउनुभएको हो। लिम्बुले फोनिज ताप्लेजुङलाई१ लाख ५१ हजार राशिको अक्षय कोष स्थापना गरिदिनुभएकोमा सो अक्षाकोशको ब्याजबाट हरेक वर्ष सांस्कृतिक जगेर्ना लाग्ने पत्रकारलाई पुरस्कृत गर्ने निर्णय भएबमोजिम पन्दाकलाई पुरस्कृत गरिएको फोनिज ताप्लेजुङले बताएको छ।
फनिज सङ्घीय सचिव,पत्रकार महासंघ केन्द्रीय सदस्य तथा रेडियो ताप्लेजुङ स्टेसन म्यानेजर माला पालुवा,अक्षय कोष दाताकातर्फबाट प्रतिनिधि खगेन्द्र फेम्बु र फोनिज ताप्लेजुङ अध्यक्ष दिलकुमार फेम्बुले संयुक्तरूपमा पत्रकार पन्दाकलाई पुरस्कृत गर्नुभएको हो ।

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु
रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका
रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

फुङ्लिङ ६ का कृषकले पाए ७०प्रतिशत अनुदानमा सुन्तलाको बिरुवा
रेडियो ताप्लेजुङ भाद्र १ गते ।फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले ७० प्रतिशत अनुदानमा कृषकलाई सुन्तलाको बिरुवा वितरण गरेको छ। सुन्तलाको खेती गर्न







प्रतिकृया दिनुहोस