पर्यटक वृद्धिमा टेवा पुर्याउँदै तिम्बुङपोखरी ट्रेलरन

किरण गदाइली
ताप्लेजुङ,भाद्र १७ गते । ताप्लेजुङ स्थित तिम्बुङ पोखरीमा आयोजना हुने ट्रेल रन प्रतियोगिताका कारण पर्यटकहरूको सङ्ख्यामा बर्सेनी वृद्धि हुँदै आएको आयोजकले बताएको छ छ। तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राईका अनुसार ट्रेल रनले तिम्पुङ पोखरीलाई चिनाउन ठूलो भूमिका खेलेको छ ।
तिम्बुङ पोखरी क्षेत्रमा पर्यटकको आवागमनबढ्दो रहेकाले थप आकर्षित गर्नका लागि यस वर्ष पनि भाद्र २५ गते ट्रेल रन प्रतियोगिता आयोजना गरिएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस वर्ष प्रतियोगितासँगै चौरी तथा भेडा प्रदर्शनी, तिम्बुङ पोखरीसँगै उक्त पोखरी आसपासमा रहेका अन्य पोखरीहरूको अवलोकन र भ्रमण के :लाङ नृत्य आकर्षणको केन्द्र रहने आयोजकले बताएको छ ।
ट्रेल रन प्रतियोगिता २१ किलोमिटर दु्रीको रहने छ । अघिल्ला संस्करणहरूमा जस्तै यस वर्ष पनि चर्चित धावकहरूको सहभागिता रहने आयोजकले विश्वास लिएको छ ।
ट्रेल खुल्ला तर्फको विजेता र उपविजेताले क्रमस ८३ हजार ५ सय २५ रुपैया र ६३ हजार ५ सय २५ रुपैया टफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएकोछ । महिला तर्फको विजेता तथा उपविजेतालाई मात्र पुस्कार दिईनेछ । उक्त विधामा वजेता र उपविजेताले क्रमस ८३ हजार ५ सय २५ रुपैया र ६३ हजार ५ सय २५ रुपैया टफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । स्थानीय सिदिङवाको धावकलाई पहिलो हुने एक जनालाई ३३ हजार ५ सय २५ रुपैया टफी मेडल र प्रमाण पत्र प्रदान गरि आयोजकले जनाएकोछ ।
कार्यक्रमको मुख्य प्रवद्र्धक सिदिङ्वा गाउँपालिका रहेको छ भने आर्थिक सहयोग पर्यटन कार्यालय काकडभिट्टाले गर्नेछ। ट्रेक ८५८६ सहयोगी संस्थाका रूपमा रहेको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा अवस्थित तिम्बुङ पोखरीको प्रवद्र्धन गर्दै यस क्षेत्रको अथाह पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्ने उद्देश्यले विगतका वर्षहरूमा समेत कार्यक्रम आयोजना हुँदै आएको थियो। गत वर्ष भने जेन्जी आन्दोलनका कारण कार्यक्रम स्थगित भएको थियो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म
किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने

वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि
रेडियोताप्लेजुङ भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल

तिम्बुङ पोखरी ट्रेलरन : सुदूरपश्चिमदेखि भारतसम्मका धावकको सहभागिता
रेडियो ताप्लेजुङ भाद्र २४ गते । भाद्र २५ गते विहीबारका दिन हुने ‘अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८३’ मा सहभागी हुने धावकहरू








प्रतिकृया दिनुहोस