ताजा खबर

लोदेन क्षेत्रमा बढ्दै पर्यटकीय चहलपहल, मनसुन र शरद  भ्रमणका लागि उपयुक्त

SITENAME

किरण गदाइली
ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ।

स्थानीय पर्यटन व्यवसायी नुपु शेर्पाका अनुसार पछिल्ला वर्षहरूमा लोदेन क्षेत्रमा हरेक वर्ष पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो। मनसुन र शरद ऋतुमा पर्यटकको आगमन बढी हुने गरेकोमा अहिले लोदेन भ्रमणका लागि उपयुक्त समय रहेकाले विभिन्न क्षेत्रबाट पर्यटकहरू आइरहेका शेर्पाले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।

पर्यटकको सङ्ख्या वर्षेनी वृद्धि हुन थालेपछि पदमार्गमा होटल तथा होमस्टेजस्ता सुविधाको आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो।

हाल उक्त क्षेत्रमा होटल तथा होमस्टेको सुविधा नभए पनि पदमार्ग आसपासमा गोठस्टेको राम्रो व्यवस्था रहेको उहाँको भनाइ छ।

ताप्लेजुङ सदरमुकामदेखि ६६ दशमलव ६ किलोमिटरको दूरीमा पर्ने लोदेन क्षेत्र पुग्न ५४ दशमलव ५ किलोमिटरसम्म ‘ताङछ्योर्मु’सम्म सडकमार्ग प्रयोग गर्न सकिन्छ भने त्यसपछि १२ दशमलव ५ किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ।

कैयौँ पोखरी रहेको विशाल लोदेन क्षेत्रमा शरद याममा मनमोहक दृश्यावलोकन गर्न सकिन्छ भने मनसुनमा दुर्लभ औषधीय गुण भएको पदमचाल (केन्जो) लगायतका वनस्पति तथा विभिन्न पोखरीको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो।

लोदेन क्षेत्र भ्रमण गर्दा उक्त क्षेत्रबारे जानकारी भएका स्थानीयको सहयोग लिएर जान उहाँले सुझाव दिनुभयो। भ्रमणका क्रममा प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म खर्च हुन सक्ने उहाँको भनाइ छ।

पापुङको अन्तिम बस्ती सिम्बुकमा रहेका स्थानीयले पर्यटकका लागि टेन्ट व्यवस्थापनदेखि पोर्टरसम्मको भूमिका निर्वाह गर्दै आएका उहाँले जानकारी दिनुभयो।

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले

SITENAME

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

SITENAME

पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान

रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस