ताजा खबर

‘तमोर मेवा जलविद्युत् १२८ मेगावाट’ प्रभावित क्षेत्रका नागरिकद्वारा सरोकार समिति गठन

SITENAME

रेडियो ताप्लेजुङ
भाद्र २८ गते । निर्माणाधीन ‘तमोर मेवा जलविद्युत् परियोजना १२८ मेगावाट’बाट प्रभावित फुङ्लिङ नगरपालिकाका चारवटा वडाका नागरिक सम्मिलित सरोकार समिति गठन भएको छ।

समितिका सदस्य अशोक मादेनका अनुसार आयोजनाबाट प्रभावित फुङ्लिङ नगरपालिका–९, १, २ र ३ नम्बर वडाका नागरिक सम्मिलित समिति आइतबार गठन गरिएको हो।

परियोजना सञ्चालन भइरहँदा प्रभावित क्षेत्रमा देखिन सक्ने वातावरणीय असरका विषयमा समितिले परियोजनासँग समन्वय गर्ने मादेनले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।

उहाँका अनुसार सबै प्रभावित वडाका नागरिकको प्रतिनिधित्व हुनेगरी हाललाई १९ सदसीय  समिति गठन गरिएको छ । भविष्यमा आवश्यकताको आधारमा समितिमा थप सदस्यहरू थप गर्ने निर्णय भएको छ । 

विगतमा सञ्चालित परियोजनाहरूमा सुरुङदेखि तल्लो क्षेत्रमा पानीको मुल सुक्ने लगायतको पर्याबरणीय   समस्या देखिएकाले त्यस्ता विषयमा निर्माणाधीन परियोजनाले प्रभावित क्षेत्रका नागरिकसँग आवश्यक सम्झौता गर्नुपर्ने समितिको ठहर छ।

अन्य वातावरणीय प्रभावसमेत हुन सक्ने विषयलाई मध्यनजर गर्दै पर्यावरणमैत्री विकासका लागि स्थानीय समुदाय र परियोजना सँगसँगै अघि बढ्नुपर्ने समितिको भनाइ छ।

‘स्पार्क हाइड्रो पावर कम्पनी’ प्रवर्द्धक रहेको उक्त परियोजनाअन्तर्गत फुङ्लिङ नगरपालिका–९ मा ड्याम निर्माण हुनेछ भने वडा नम्बर १ र २ मा पानी बग्ने क्षेत्र तथा वडा नम्बर ३ मा पावर हाउस निर्माण हुनेछ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले

SITENAME

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

SITENAME

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म

किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने