ताप्लेजुङका सात पालिकामा १० घण्टा विद्युत सेवा अवरुद्ध हुने
..jpeg)
रेडियो ताप्लेजुङ
असोज ३ गते । नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले आइतबार ताप्लेजुङका सातवटा पालिकामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।
विद्युत सेवा अवरुद्ध हुने पालिकामा सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाबाहेकका पालिका रहेका छन्।
अमरपुर सबस्टेसनदेखि हिटी सबस्टेसनसम्मको ३३ केभी फिडरमा मर्मत तथा बुस कटिङ गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्रका ताप्लेजुङ शाखा प्रमुख उमेश श्रेष्ठले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभएको छ।
चाडपर्व लक्षित गरेर बुस कटिङको काम गर्न लागिएको उहाँले बताउनुभयो। ठूला पर्वहरू नजिकिँदै गएकाले सो समयमा विद्युत आपूर्तिलाई थप सहज बनाउन बुस कटिङ गर्न लागिएको उहाँको भनाइ छ।
सिदिङ्वा र सिरिजङ्घामा भने एक साताअघि नै बुस कटिङको काम सम्पन्न भइसकेको छ। अन्य सातवटा पालिकामा आइतबार बुस कटिङको काम गर्न लागिएको वितरण केन्द्रले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

१४ वर्षअघि फरार भएकासहित ताप्लेजुङ प्रहरीद्वारा ६ प्रतिवादी पक्राउ
किरण गदाइली असोज ५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो दिनमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत ताप्लेजुङ र जिल्ला

महिनौँपछि सुकेटार आउन लागेको जहाजको उडान अन्तिम समयमा रद्द
रेडियो ताप्लेजुङ आसोज ५गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा महिनौँपछि हुन लागेको काठमाडौँ–ताप्लेजुङ हवाई उडान सोमबार अन्तिम समयमा रद्द भएको
..jpeg)
चौथो ताप्लेजुङ गोल्डकपको खर्च साढे ९३ लाख बढी, झन्डै ३५ प्रतिशत रकम उठ्न बाँकी
रेडियो ताप्लेजुङ असोज ३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गत भाद्र १२ देखि १९ गतेसम्म सञ्चालित चौथो



..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस