ताजा खबर

धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा मरिक एफसी धरान र फेदाप गाउँपालिका तेह्रथुम विजयी भएका छन्।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा ग्रीन भ्याली युथ क्लब नाल्बुलाई मरिक एफसी धरानले फराकिलो गोल अन्तरले पराजित गरेको हो। मरिक एफसीले ग्रीन भ्यालीविरुद्ध ८–३ गोल अन्तरको जित निकालेको छ।

यस्तै, आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजकलाई १–० गोल अन्तरले पराजित गर्दै फेदाप गाउँपालिका प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना भइरहेको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

 

प्रतिकृया दिनुहोस
SITENAME

मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै

रेडियो ताप्लेजुङ मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ। शिक्षा शाखा अधिकृत (सातौँ)

SITENAME

कोशी प्रदेश छनोटमा ताप्लेजुङ महिला फुटबल टिमले पाँचथर र धनकुटा बीचको विजेतासँग खेल्ने

रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा महिला फुटबलतर्फ ताप्लेजुङले मङ्सिर ७ गते म्याच

SITENAME

कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक

किरण गदाइली ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको