ताजा खबर

फुङ्लिङ  ६ नम्बर वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री 

SITENAME

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते 

फुङ्लिङ नगरपालिका ६ नम्बर वडाले वडा भित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वर्षभरि पुग्ने गरी शैक्षिक सामग्री वितरण गरेको छ। बिहिबार विशेष कार्यक्रमका बीच वडा भित्रका बगरबारी आधारभूत विद्यालय ,बाँझो गरा आधारभूत विद्यालय र अमर स्मृति आधारभूत विद्यालयमा तीन लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष मदन गुरुङ तेजले बताउनुभयो। योसँगै वडा नम्बर ६ ले ३ आर्थिक वर्ष नियमित रूपमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्रीको अभावका कारण शिक्षा लिनबाट वञ्चित नहुन भनेर उक्त कार्यक्रमलाई प्रत्येक आर्थिक वर्ष समेटिएको वडाध्यक्ष गुरुङको भनाइ छ। उक्त कार्यक्रमबाट यस आर्थिक वर्षमा २३६ जना विद्यार्थीहरू लाभान्वित भएको ६ नम्बर वडाले बताएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

यात्रुको सहजताका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा यात्रु सहायता कक्ष स्थापना

रेडियो ताप्लेजुङ   असोज १६ गते ।चाडपर्वमा हुने सवारी चापलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाम फङ्लिङ स्थित तोक्मे डाँडामा यात्रु सहायता कक्ष

SITENAME

अरिङ्गाल झार्ने क्रममा फुङ्लिङ १ मा एक पुरुषको लडेर ज्यान गयो

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज  १५ गते अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर फुङ्लिङमा एक पुरुषको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय

SITENAME

पाथीभरा देवी दर्शन केबलकारद्वारा दोभान अग्निपीडितलाई पाँच लाख रुपैयाँ सहयोग

रेडियो ताप्लेजुङ ताप्लेजुङ, असोज १४ गते । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट प्रभावित परिवारका लागि पाथीभरा