मिक्वाखोलाका तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन हुने
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर ४ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिकाले तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी हुन चाहने वडा नम्बर १, २ र ३ का कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मलाई १५ दिनभित्र सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ। यसका लागि गाउँपालिकाले शुक्रबार सूचना जारी गरेको हो।
कार्यक्रममा छनोट हुने कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मले ५० प्रतिशत अनुदान पाउने प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद कोइरालाले जानकारी दिनुभयो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ
..jpeg)
फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्। जिल्ला

साक्फारादेखि सान्थाक्रा पहिलो टर्निङसम्म अनिश्चितकालका लागि सवारी सञ्चालनमा प्रतिबन्ध
रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।जिल्लाको मेरिङदेन गाउँपालिकाले दोभान बजारदेखि पालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने जनाउँदै शनिबारदेखि
..jpeg)
वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा
रेडियो ताप्लेजुङ मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस