ताजा खबर

सामाजिक सञ्जालबाट भ्रामक अफवाह फैलाइएको भन्दै क्षेत्र विकास समितिको ध्यानाकर्षण,कारबाहीको चेतावनी

SITENAME

रेडियो ताप्लेजुङ 

मङ्सिर ४ गते ।पाथीभरा क्षेत्र विकास समितिले संस्था विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रम फैलने किसिमको सामग्री प्रकाशन भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

 

कार्यकारी निर्देशक प्रजिन हाङबाङले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार बिहानदेखि 'करप्सन अगेन्स द ताप्लेजुङ ' र 'द भोइस अगेन्स करप्सन 'नामक फेसबुक अकाउन्टहरूबाट सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएको सामग्रीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।  

उक्त अकाउन्टहरूबाट क्षेत्र विकास समितिमा अनियमितता ,भ्रष्टाचार भएको,कर्मचारी सङ्ख्या अनावश्यक बढाइएको,कांग्रेस ,एमाले ,माओवादीका कार्यकर्तालाई कर्मचारीको रूपमा नियुक्त गरेको भन्दै कृत्रिम बौद्धिकतामार्फत तस्बिर निर्माण गरी पोस्ट आएका थिए । उक्त सामग्रीले प्रशासन र प्रहरी समेतलाई प्रलोभनमा पारेको आशय व्यक्त गरेको भन्दै क्षेत्र विकास समितिले आपत्ति जनाएको हो। 

विज्ञप्तिमा  सम्बन्धित फेसबुक अकाउन्ट सञ्चालक तथा सामग्री सम्प्रेषण गर्ने पक्षलाई तथ्यहीन भ्रामक र प्रतिष्ठामा आँँच पुर्याउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न र प्रकाशित सामग्रीको सत्यतथ्य स्पष्ट पार्न आग्रह गरिएको छ । 

अन्यथा प्रमाणको अध्ययन र कानुनी परामर्शका आधारमा सम्बन्धित व्यक्ति वा पक्षको पहिचान गरी प्रचलित नेपालको कानुन बमोजिम आवश्यक कानुनी उपचारका लागि सम्बन्धित निकायमा जान बाध्य हुने चेतावनी क्षेत्र विकास समितिको छ ।"पाथीभरा क्षेत्र विकास समिति कुनै व्यक्ति, समूह वा राजनैतिक दलको निजी सम्पत्ति नभई पाथीभरा क्षेत्रको सांस्कृतिक ,पर्यटकीय तथा समग्र विकास र व्यवस्थापनका लागि सञ्चालित सार्वजनिक संस्था हो, यसको प्रतिष्ठा, गरिमा र विश्वास कायम राख्नु हामी सबैको साझा दायित्व हो। " क्षेत्र विकास समितिले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ ।

 

सार्वजनिक सरोकारका विषयमा नागरिकले प्रश्न उठाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको विषयमा आफूहरू दृढ रहेको बताउँदै क्षेत्र विकास समितिले आवश्यक प्रमाण र आधिकारिक आधारबिना सामाजिक सञ्जालमा समितिको प्रतिष्ठानमा आँच पुग्ने आरोप लगाउनु ,कर्मचारी तथा पदाधिकारीको चरित्रमाथि प्रश्न उठाउनु र अनावश्यक राजनीतिकरण गरी अन्य निकायसँग जोडेर बदनाम गर्ने प्रयास गरिनु स्वीकार्य नहुने चेतावनी दिएको छ। 

 

 उल्लेखित फेसबुक अकाउन्टबाट बिहीबार बिहान आएका सामग्रीहरू साँझसम्ममा डिलिट भइसकेका थिए। संस्था तथा संस्थामा आबद्ध व्यक्तिहरू तथा प्रहरी र  तथा प्रशासनमाथि समेत प्रश्न उठेको भन्दै क्षेत्र विकास समितिले यथेष्ट प्रमाणसहित स्पष्ट पार्नुपर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

सामाजिक सञ्जालबाट भ्रामक अफवाह फैलाइएको भन्दै क्षेत्र विकास समितिको ध्यानाकर्षण,कारबाहीको चेतावनी

रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।पाथीभरा क्षेत्र विकास समितिले संस्था विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रम फैलने किसिमको सामग्री प्रकाशन भएकोप्रति

SITENAME

फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ

रेडियो ताप्लेजुङ मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्। जिल्ला

SITENAME

मिक्वाखोलाका तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन हुने

रेडियो ताप्लेजुङ मंसिर ४ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिकाले तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोशी प्रदेशको उद्योग, कृषि