मलेरिया ज्वरो, कम्मर, शरिर दुख्ने, हात्ती पाइले रोगको एउटै घरायसी औषधी सखर

SITENAME

रेडियो ताप्लेजुङ्ग /सक्खर उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदाथ नै सखर हो ।

सखर निम्न औषधिको रुपामा प्रयोग गर्न सकिन्छ ।

कम्मर दुख्ने रोगमा एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

कफ र खोकी लागेको रोगमा  १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

हात्ती पाइले रोगमा(गौत ,गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

ज्वरो आएमा जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३–४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

खोकी र दममा सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १–१ चम्चा बिहान बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ ।

औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।

पेट दुखेमा भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।

घाँटी बसेमा एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

शरीर दुख्ने रोगमा भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

मलेरिया ज्वरो आएमा भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १र१ गोली २र२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।

काला ज्वरो आएमा दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुईरदुई गोली बिहानरदिउँसोरबेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।

औलोको ज्वरो आएमा दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ

प्रतिकृया दिनुहोस

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान रेडियो ताप्लेजुङ,साउन १८ गते । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको

SITENAME

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल  साउन १६ गते । बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को

SITENAME

ताप्लेजुङ नेत्रज्योती संघमा पुरानै अनुहार

  आनन्द गौतम रेडियो ताप्लेजुङ – नेपाल नेत्रज्योती संघ ताप्लेजुङको नवौ जिल्ला अधिबेसनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । डिचेन डोङगला