कन्चनजंगाको चुचुरोमा चार वर्षपछि मानव पाइला 

SITENAME


ताप्लेजुङः  विश्वको तेस्रो अग्लो शिखर कन्चनजंगा हिमालको चुचुरोमा चार वर्ष पछि मानव पाइला  पुगेको छ । बिहीबार दुई नेपाली र तीन रसियाका आरोहीले आरोहण गरेका हुन्। चार बर्षसम्म आरोहण हुन नसकेको कन्चनजंगा हिमालमा यस बर्ष संखुवासभाका लाक्पा शेर्पा, पेमाछिरिङ शेर्पा, अस्ट्रेलियाका कृस बर्के, जर्मनका हर्वेट र रसियाका सेरर्जेले आरोहण गरेको सेभेन समिट ट्रेकिङ एजेन्सीका प्रमुख मिङमा शेर्पाले बताए। आरोही पाँच जनो बुधबार साँझ ५ बजे चुचुरोमा पुगेका हुन्। 

यो बसन्त ऋतुका लागि ५ आरोहण दलका ४४ जना आरोहीले पर्यटन विभागसँग आरोहणका लागि अनुमती लिएका छन्। विभागले सरकारी प्रतिनिधिको रुपमा खटाएको सम्पर्क अधिकृत सन्तोष मोक्तानले भने आरोहण बारे कुनै जानकारी नभएको बताए। काठमाडौंमै रहेका अधिकृत मोक्तानले आरोहण भयो भन्ने सुने तर पुर्ण जानकारी छैन। प्राविधिक कठिनाइले गर्दा कम आरोहण हुने गरेको यो हिमालमा हालसम्म तीन सय ४४ जनाले मात्र आरोहण गरेका छन्।

आरोहणको क्रममा सन् २०१३ र १४ मा लगातार दुर्घटना भएको थियो। कञ्चनजंगामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाले ज्यान गुमाएका थिए। त्यसपछि कन्चनजंगा, यालुङ काङ ९८५०५ मीटर० , कन्चनजंगा साउथ ९८४७६ मीटर०, कन्चनजंगा सेन्ट्रल ९८४७३ मीटर, र यालुङ काङ वेस्ट ९८०७७ मीटर० समेत चार बर्षदेखि प्रभावित बनेको छ। 

                                                                                                                                                                                                         अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु

राष्ट्रिय परिचयपत्र: १ सय २ वर्षीया बृद्धाबाट विवरण संकलन सुरु  असार ६ गते । पाँचथर – नेपालमा पहिलो पटक वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्रको

SITENAME

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला

हाङदेवा पहिरोमा गयरातीको वर्षाले १ जना वेपत्ता,मोटरसाइकल पुरिएको अवस्थामा फेला रेडियो ताप्लेजुङ,असार १ गते । जिल्लाको फुङलिङ नगरपालिका–९

SITENAME

ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या

ताप्लेजुङमा श्रीमतीले गरिन श्रीमानको हत्या आनन्द गौतम,जेठ ३१ गते ।  जिल्लाको फक्ताङलुङ गाउ“पालिका ६ लेलेपमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन्